काठमाडौं –
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ओखलढुङ्गाका पूर्वसभापति तथा पूर्वसांसद चन्द्रकान्त दाहालकी धर्मपत्नी कुन्तादेवी दाहालको नि’धन’प्रति दुःख व्यक्त गरेका छन् ।
कुन्तादेवी दाहालको ८१ वर्षको उमेरमा यही माघ २६ गते राति नि’धन भएको हो । सभापति देउवाले आज शोक सन्देशमार्फत उहाँप्रति श्रद्धा’ञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नोतर्फबाट समवेद’ना प्रकट गरेका छन् ।
स्व दाहालले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । उनको निधनबाट कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ ।
यो पनि : राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका नेता कमल थापाले नयाँ दल दर्ता गर्ने भएका छन् ।
बिहीबार काठमाडौंको महाराजगंजमा बसेको थापा नेतृत्वको समूहले दल दर्ता गर्ने निर्णय गरेको छ । र दल दर्ताका लागि आवश्यक सम्पूर्ण काम गर्ने अधिकार थापालाई दिएको छ ।
‘हिन्दूत्व सुशासन र समृद्धिलाई मुख्य एजेण्डा बनाएर दल दर्ता गर्ने निर्णय भएको छ’ थापा निकट नेता राजाराम बर्तौलाले भने ।
उनका अनुसार नयाँ पार्टी राजसंस्थाबारे मौन छ । ‘राजसंस्था छाड्ने नछाड्ने भन्ने कुरा रहेन । नेपाललाई हिन्दु राष्ट्र कायम गर्ने हाम्रो पार्टीको मुख्य एजेण्डा हुनेछ’ बर्तौलाले भने ।
थापा समूहको छलफलमा नयाँ पार्टीको नाम र चुनाव चिह्नका विषयमा समेत छलफल भएको छ ।
बिहीबार उपस्थित अधिकांश नेताहरुले ‘राष्ट्रिय एकता पार्टी’ नाम राख्दा उपयुक्त हुने सुझाव दिएका छन् । चुनाव चिह्न हात्ती, आँखा, गुलाब वा कमलको फूल राख्ने प्रस्ताव नेताहरुले राखेका छन् ।
नयाँ पार्टीमा ५० देखि एक सय जनाको केन्द्रीय समिति बनाउने तयारी रहेको नेताहरुले बताएका छन् । पदाधिकारीको संख्या पनि थोरै राख्ने तयारी छ ।
बिहीबारको थापाले बोलाएको छलफलमा राप्रपाका हालका पदाधिकारी र केन्द्रीय सदस्यहरु पनि सहभागी भएका थिए ।