बाँके –
राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्री सवार सरकारी गाडीलाई बाँके राष्ट्रिय निकुञ्जमा खटिएका सुरक्षाकर्मीले २० मिनेट रोके ।
हतारमा रहेकी उपाध्यक्ष खत्रीले गाडी छोड्न आग्रह गर्नुभयो । सुरक्षाकर्मीले छोडेनन् । उपाध्यक्ष सवार गाडीलाई निकुञ्ज क्षेत्रभित्र तीव्र गतिमा चलाएका कारण कार’बाही स्वरूप रोकिएको थियो ।
गत १४ गते १ बजेको घटना थियो, यो । उपाध्यक्ष खत्रीले निकुञ्जका प्रमुख, निकुञ्जमा खटिएको नेपाली सेनाका अधिकारीलाई फोन गर्नुभयो । कतैबाट सुनुवाइ भएन ।
सबैका लागि बनाएको नियम कसैको आदेशमा तो’डिनेवाला थिएन । तोकिएको समयभन्दा अघि पुगेकाले उपाध्यक्ष खत्री सवार गाडीलाई रोकिएको थियो ।
बाँके राष्ट्रिय निकुञ्जले राजमार्ग क्षेत्रमा भेइकल ट्रयाकिङ एन्ड रिकग्नाइजेसन सिस्टम (भीटीआरएस) जडान गरेपछि तीव्र गतिमा गुड्ने सवारीसाधन धमाधम कार’बाही परेका हुन् ।
बाँके राष्ट्रिय निकुञ्ज पूर्वपश्चिम राजमार्गको ७२ किलोमिटरमा फैलिएको छ । निकुञ्ज समेटिएको खण्डमा तीव्र गतिमा गुड्ने सवारीसाधनले संरक्षित जनावरलाई ठक्कर दिने भएकाले भीटीआरएस प्रविधि जडान गरिएको छ ।
निकुञ्जले पश्चिममा प्रगतिनगर र पूर्वमा शिवखोलामा क्यामेरा राखेको छ । पश्चिमबाट जाने गाडीलाई प्रगतिनगरमा रहेको क्यामेराले क्याप्चर गर्छ ।
शिवखोलामा खटिएको सुरक्षाकर्मीकहाँ म्यासेज जान्छ । निकुञ्जभित्रको राजमार्ग क्षेत्रमा प्रतिघण्टा ४० किलोमिटरको गतिमा गुड्ने नियम बनाइएको छ ।
राजमार्ग भएको र टाढा जानुपर्ने भएकाले प्रति घण्टा ६० किलोमिटरको गतिसम्मलाई व्यावहारिक रूपमा हेर्ने गरिएको छ ।
प्रतिघण्टा ६० किलोमिटरभन्दा तीव्र गतिमा गुडेका सवारीसाधनलाई ठाउँको ठाउँ कारबा’ही हुने गरेको छ ।
प्रगतिनगरबाट प्रवेश गरेका गाडीलाई शिवखोला र शिवखोलाबाट प्रवेश गरेका गाडीलाई प्रगतिनगरमा रोकेर कारबा’ही गर्ने गरिएको छ ।