नेपाल–भारत सीमा यति गतेबाट बन्द हुदै, यस्तो छ कारण !

बैतडी –

नेपाल–भारत सीमा चार दिनका लागि बन्द हुने भएका छन् ।

भारतको उत्तराखण्ड राज्यमा फेब्रुअरी १४(फागुन २ गते)मा विधानसभा निर्वाचन हुने भएकाले बैतडी र दार्चुलाका भारतसँग सीमा जोडिएका सबै नाका चारदिनका लागि ब’न्द गरिने भएको हो ।

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका माघ २८ गते बेलुका ५ बजेदेखि फागुन ३ गतेसम्मका लागि ब’न्द हुने जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

यस्तै दार्चुलाका भारतसँग सीमा जोडिएका सबै नाकाहरु पनि माघ २८ गतेदेखि फागुन २ गतेसम्म बन्द हुने दार्चुला जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारणले गर्दा दुवै देशको सहमतिमा नाकाहरु ब’न्द गरिने भएका हुन् । सीमा ब’न्द रहेको अवधिमा आक’स्मिक रूपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ ।

यो पनि : प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का कारण सत्तारुढ गठबन्धन दलहरुबीच दूरी बढिरहेका बेला आज शिर्ष नेताहरुबीच भेटवार्ता भएको हो । 

‘भेटवार्तामा एमसीसीको नाम उच्चारण पनि भएन,’ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सहभागी नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले भने,

‘अन्य समसामयिक विषयमा छलफल भयो ।’  एमसीसी संसदमा टेबल गर्ने र अनुमोदन गर्ने विषयमा सत्तारुढ दलहरुबीच मतभे’द रहँदै आएको छ । 

माओवादी र एकीकृत समाजवादीले संशोधन नगरी एमसीसी संसदबाट अनुमोदन गर्न नहुने बताउँदै आएका छन् भने सरकारको

नेतृत्व गरिरहेको नेपाली काँग्रेस हालकै अवस्थामा एमसीसी अनुमोदन गर्नुपर्ने अडानमा रहेको छ । यसै साता देउवा र प्रचण्डले संयुक्त रुपमा एमसीसीलाई

फागुनभित्र संसदबाट अनुमोदन गर्ने प्रतिवद्धता गरी पठाएको पत्र सार्वजनिक भएपछि सत्तारुढ दलहरुबीच थप दुरी बढेको हो । 

यसैबीच बुधबार प्रचण्ड र नेपालबीच भेटवार्ता भएको थियो । भेटमा उनीहरुले एमसीसीका विषयमा साझा धारणा बनाएका थिए । 

साझा धारणा लिएर आज प्रचण्ड र नेपाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्री निकट स्रोतका अनुसार

भेटवार्तामा प्रचण्ड र नेपालले हालकै अवस्थमा एमसीसी अनुमोदन गर्न नसकिने स्पष्ट अडान राखेका थिए । तर भेटवार्तामा सहभागी

माओवादी नेता श्रेष्ठले भने एमसीसीका विषयमा छलफल नै नभएको दाबी गरे ।  ‘आजको भेटघाट शुद्ध रुपमा चिया गफ जस्तो भयो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...