काठमाडौं –
नाबालकको कानबाट सुनको मुन्द्रा लु’ट्ने र खरीद गर्ने दुई जनालाई प्रहरीले प’क्रा’उ गरेको छ ।
महानगरीय प्रहरी वृत्त बौद्धले मामा बनेर नाबालकको कानबाट सुनको मुन्द्रा लुट्ने गोकर्णश्वर- ४ निवासी ३८ वर्षीय नारायण श्रेष्ठ र लु’टेको मु’न्द्रा
खरीद गर्ने गोकर्णस्थित न्यू लक्की सुनचाँदी पसलका सञ्चालक ३० वर्षीय राजकुमार बराइलीलाई नियन्त्रण लिएको हो । श्रेष्ठले माघ ८ गते कामपा- ६ पाटिटारस्थित
तरकारी बजारमा तरकारी पसल सञ्चालन गर्दै आएकी महिलाको ३ वर्षीय छोरालाई चक्लेट दिई आफूलाई मामा हुँ भनी फकाएर
समता स्कुल पछाडि लगेर कानमा लगाएको चार आना बराबरको सुनको मुन्द्रा लु’टेर लगेका थिए । उनले उक्त मुन्द्रा बराइलीलाई बेचेका थिए ।
उनीहरुमाथि चो’री तथा डाँ’का सम्बन्धी कसू’रमा बुधबारबाट लागू हुने गरी जिल्ला अदालतबाट पाँच दिनको अनुमति लिएर बौद्ध वृत्तले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
यो पनि : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजका सातजना सञ्चालकहरू विरु’द्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणमा मु’द्दा दायर गरेको छ ।
कलेजको चल–अचल सम्पत्ति ठगी गरेको र त्यसबाट प्राप्त रकमलाई शुद्धीकरण गरेको भन्दै तत्कालीन अध्यक्ष लम्बोदरकुमार न्यौपाने लगायत विरु’द्ध बिहीबार विशेष अदालतमा मु’द्दा दर्ता गरेको विभागले जनाएको छ ।
तत्कालीन अध्यक्ष न्यौपानेले १२ करोड ४४ लाख १२ हजार ७५५ रूपैयाँ शुद्धीकरण गरेको भन्दै विभागले उक्त रकम न्यौपानको सम्पत्तिबाट जफत गर्न, त्यसको दोब्बर रकम जरिवाना गर्न र उनलाई कै’द सजाय गर्नसमेत माग गरिएको छ ।
सम्पत्ति शुद्धीकरण निवारण ऐनले क’सुर गर्ने व्यक्तिलाई दुईदेखि १० वर्षसम्म कै’द सजा’य हुने व्यवस्था गरे बमोजिम कसुरको मात्रा अनुसार न्यौपानेलाई कै’द सजा’य गर्न माग गरिएको छ ।
विशेष सरकारी वकिलको कार्यालयमार्फत् दायर मुद्दामा तत्कालीन सञ्चालक रामरत्न उपाध्यायले एक करोड २५ लाख ३८ हजार ६२ रूपैयाँ शुद्धीकरण गरेको भन्दै जफत गर्न र त्यसको दोब्बर रकम जरि’वाना तथा कै’द सजा’य
गर्न पनि माग गररिएको छ । त्यस्तै, विभागले अर्का सञ्चालक उपेन्द्र गौतमले दुई करोड २९ लाख ६७ हजार २११ रूपैयाँ शुद्धीकरण गरेकाले जफत गर्न, दोब्बर रकम जरिवाना र कै’द गर्न माग गरेको छ ।
लबराज भट्टराईले दुई करोड ७९ लाख ५५ हजार ६०० रूपैयाँ र हरिप्रसाद पाण्डेले दुई करोड ४३ लाख ४९ हजार २०७ रूपैयाँ शुद्धीकरण गरेको भन्दै उनीहरू दुवैको सम्पत्तिबाट उक्त रकम जफत गर्न,
दोब्बर जरि’वाना गर्न र कै’द सजाय गर्न माग गरिएको छ । हाल मृ’त्यु भइसकेका सूर्यबहादुर केसीको सम्पत्तिबाट दुई करोड ३४ लाख २१ हजार ५०० र दीपकप्रसाद भट्टराईको सम्पत्तिबाट ३६ लाख ५९ हजार जफत गर्न माग गरेको छ ।
नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकहरूविरुद्ध भक्तपुर जिल्ला अदालतमा ठ’गी मु’द्दा पनि चलिरहेको छ । गतवर्षको पुस २८ मा दर्ता भएको उक्त मु’द्दा न्यायाधीश कमला पौडेलको इजलासमा सुनुवाइ भइरहेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरी तयार पारेको प्रतिवेदनका आधारमा भक्तपुर जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको मु’द्दामा नेपाल इन्जिनियरिङ कलेजबाट
न्यौपानेले ३३ करोड ७५ लाख १७ हजार ६ सय ४६, रामरत्न उपाध्यायले चार करोड ७० लाख ६८ हजार ६ सय ४४ र लबराज भट्टराईले ६ करोड ३४ लाख ६६ हजार ६ सय ७ रूपैयाँ ठगी गरेको अभियो’ग लगाइएको छ ।
त्यस्तै, उपेन्द्र गौतमले पाँच करोड ६९ लाख २३ हजार चार सय ३१ र रामकुमार श्रेष्ठले २८ लाख ६४ हजार पाँच सय रूपैयाँ ठ’गी गरेको भन्दै कलेजलाई भराउन माग गरिएको छ ।
भक्तपुर जिल्ला सरकारी वकिलको कार्यालयले २०७७ कात्तिक १७ मा मृ’त्यु भएका सूर्यबहादुर केसीको जायजेथा वा बैंक ब्यालेन्सबाट दुई करोड १८ लाख ५० हजार ८ सय रूपैयाँ कलेजलाई भराउन मागदाबी गरेको छ ।