काठमाडौं –
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसहित नौ जनाविरु’द्ध सर्वोच्च अदालतमा अवहे’लना र मानहा’निको मु’द्दा दायर गरेका छन्।
सिइओ रेग्मीले दायर गरेको मु’द्दामा सर्वोच्चले गत पुस १४ गते आफूलाई निल’म्बन गर्ने बोर्ड सञ्चालक समितिको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो।
आदेशको अर्को फैसला नै नआएको अवस्थामा बोर्ड सञ्चालक समितिले छानबिनको नाममा प्रतिवेदन बुझाउनुका साथै स्पष्टीकरण समेत सोध्ने काम गरेको भन्दै मंगलबार सर्वोच्चमा मु’द्दा दायर गरेका हुन्।
बोर्डले सिइओ रेग्मीमाथि छानबिन गर्ने र सो अवधिका लागि निल’म्बन गर्ने निर्णय गरेको थियो। रेग्मीलाई कार’बाहीको प्रतिवेदनमाथि जवाफ दिन एक हप्ताको समय दिइएको छ।
न्यायाधीश दीपककुमार कार्कीको इजलासले निलम्ब’नको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिँदै कारण सहित दुवै पक्षलाई फागुन २ गते पुनः बोलाएको छ।
तर यता बोर्डले आफूखुसी सर्वोच्चको आदेश विपरीत काम गरेको भन्दै मन्त्री आलेसहित सञ्चालक समितिका सदस्य र आमन्त्रित सदस्यलाई विपक्षी बनाएर मु’द्दा दायर गरेका छन्।
यो पनि : क्यासिनो सञ्चालनबापतको साढे ४२ करोड रोयल्टी नतिर्ने दरबारमार्गस्थित होटल याक एण्ड यती बन्द गराएका संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री
प्रेम आलेले अर्को निर्णय पनि गरेका छन् । उनले मन्त्रीस्तरीय निर्णयबाट मिनी क्यासिनो सञ्चालन गरिरहेको नेपालगन्जस्थित ड्रिमल्याण्ड होटल पनि बन्द गराएका हुन् ।
२० भदौ ०६७ मा मिनी क्यासिनो (आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल) को अनुमति लिएको ह्याप्पी आवरले ड्रिमल्याण्डमा मिनी क्यासिनो सञ्चालन गर्दै आएको थियो ।
तर, आर्थिक वर्ष २०७६(७७ सम्मको बक्यौता, आव २०७७(७८ सम्मको इजाजतपत्र नवीकरण दस्तुर र चालु आवको रोयल्टी गरी ३८ करोड १० लाख ४५ हजार ६६४ रुपैयाँ नबुझाएपछि होटल बन्द हुनुका साथै मिनी क्यासिनोको लाइसेन्स र’द्द भएको हो ।
ड्रिमल्याण्ड होटलले पर्यटन विभागको वर्गीकरणमै परेको छैन । ड्रिमल्याण्ड होटल र आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल बन्द गराउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको छ ।
लुम्बिनी सरकार प्रदेशलाई पत्र लेख्दै उक्त होटल मन्त्रालय वा निकाय अन्तर्गत दर्ता भएको भए दर्ता खारेज गर्न भनिएको छ ।
ह्याप्पी आवरले महेन्द्रनगर, भैरहवा र काकडभिट्टामा पनि क्यासिनो सञ्चालन गर्दै आएको छ ।याक एण्ड यतीको होटल वर्गीकरणस्तर र क्यासिनोको लाइसेन्स र’द्द भइसकेको छ ।