कुलमान घिसिङले कर्मचारीलाई दिए कडा निर्देशन, २४ घण्टा भित्र……

काठमाडौँ –

सरुवा भएर रमाना नलिने, काज अवधि सकिएर पनि कार्यालयमा नफर्किने र काजमा खटिएर घरमै बस्ने कर्मचारीहरुलाई नेपाल विद्युत् प्राधिकरणले कारबा’हीको चेता’वनी दिएको छ ।

प्राधिकरणले बुधबार कर्मचारीहरुलाई रमाना तथा काजबारे परिपत्र गर्दै सरुवा भएको ठाउँमा रमाना लिइसक्न तथा काज फिर्ता गरिसक्न भनेको हो ।

प्राधिकरणको प्रधान कार्यालयबाट पदस्थापन तथा सरुवा भएका र विभिन्न निर्देशनालय, प्रादेशिक कार्यालय, प्रदेश डिभिजन कार्यालय

लगायतका कार्यालयहरुबाट सरुवा भइ हालसम्म पनि रमाना नभएका कर्मचारीलाई २४ घण्टाभित्र रमाना लिइसक्न भनिएको छ ।

त्यस्तै, काजमा खटिएका कर्मचारीको काज अवधि सकिसकेको तर उनीहरु फिर्ता नभएको भए पनि २४ घण्टाभित्र काजफिर्ता गर्न समेत प्राधिकरणले निर्देशन दिएको छ ।

काज अवधि सकिएर पनि कार्यालयमा नफर्किएका कर्मचारीहरुको हाजिरी र तलब रोक्ने चेताव’नी प्राधिकरणले दिएको छ । प्राधिकरणका कर्मचारीलाई एक

आर्थिक वर्षमा अधिकतम ३ महिना मात्रै काजमा खटाउन पनि निर्देशन दिइएको छ । यसअघि प्राधिकरणको इन्जिनियरिङ निर्देशनालयमा कार्यरत लेखाप्रमुख कलाधर गौतम र

सहायक लेखापाल पुष्पराज भट्टराई काज बिदा स्वीकृत गराएर काममा नगई घरमै बसेको भन्दै कारबा’हीका लागि उजुरी परेको थियो ।

‘यस निर्देशनालयमा हाजिर भएदेखि नै निजी काममा पनि विभिन्न आयोजनाको काम देखाई भ्रमण आदेश स्वीकृत गराई आर्थिक हिनामि’ना

गर्ने कार्य गरेकोमा २०७८ माघबाट दुबै जनाले बझाङमा निर्माणाधीन चैनपुर सेती जलविद्युत् आयोजनामा काज स्वीकृत गराई घरमा नै बसिरहेका छन्,’

प्राधिकरणका कार्यकारी निर्देशकलाई सम्बोधन गरेर परेको उजुरीमा भनिएको छ, ‘निजी काममा काज स्वीकृत गराई भ्रमण भत्ताको दु’रुपयोग गरेकाले

यस आर्थिक वर्षमा साइट नगई भ्रमण सुविधा लिएका र सो काजलाई २१ दिन हाजिरमा गणना गरी त्यसको भत्तासमेत लिएका कर्मचारीहरुलाई कारबा’ही गरिनुपर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...