होटल याक एण्ड यतिलाई ४०० भोल्टको झ’ड्का : मन्त्रि आलेले चाले यस्तो कडा कदम, सबै चकित !

काठमाडौं

काठमाडौंको दरबारमार्गमा रहेको याक एण्ड यति होटल लिमिटेडको क्यासिनो सञ्चालन इजाजत र होटल स्तर निर्धारण प्रमाणपत्र र’द्द गरिएको छ। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री प्रेम बहादुर आलेको (मन्त्रीस्तरीय) निर्णयले याक एण्ड यतिको क्यासिनो सञ्चालन इजाजत र होटल स्तर निर्धारण प्रमाणपत्र र’द्द गरिएको हो। 

क्यासिनो सञ्चालन गर्न पाउने इजाजत बापतको राजस्व, इजाजत नवीकरण दस्तुर लगायतको रकम दाखिला नगरेका कारण क्यासिनो

सञ्चालन इजाजतपत्र रद्द गर्ने, होटलको पाँच (५) तारा स्तरको स्तर वर्गीकरण प्रमणपत्र र’द्द गर्ने निर्णय भएको पर्यटन विभागले जानकारी दिएको छ।  

होटललाई एक पत्र लेख्दै विभागले राजस्व तिर्न भनेर सार्वजनिक सूचना जारी गर्दै दिइएको  ३५ दिने तथा थप १५ भाकामा रकम दाखिला

नगरेकाले होटलको सम्पूर्ण बैंक खाता तथा वित्तीय कारोबार रोक्का राखिएको जनाएको छ। यस्तै, होटलको नाममा रहेको सम्पूर्ण चलअचल सम्पत्ति रोक्का राख्ने निर्णय भएको पनि विभागले होटललाई जानकारी गराएको छ। 

पटक-पटक सूचना जारी गर्दासमेत होटलले इजाजत नवीकरण दस्तुर र रोयल्टी नबुझाएको विभागको आरोप छ। विभागका अनुसार याक एन्ड यति होटलले ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैँया नेपाल सरकारलाई तिर्न बाँकी रहेको छ।

‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०४८-०९-२२ मा त्यस होटलको नाममा क्यासिनो सञ्चालनको इजाजतपत्र जारी गरेकोमा नेपाल सरकारलाई तिर्नु बुझाउनुपर्ने रोयल्टी,

इजाजत नवीकरण दस्तुरलगायतको रकम कानुनबमोजिम होटलले दाखिला नगरेका कारण क्यासिनो नियमावली, २०७० को नियम १४ बमोजिम त्यस

होटलको नाममा जारी भएको क्यासिनो सञ्चालन इजाजतपत्र र’द्द गर्ने र होटलको पाँच तारा स्तरको वर्गीकरण प्रमाणपत्र रद्द गर्ने, होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति

रोक्का राख्ने र बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता तथा वित्तीय कारोबार रोक्का राख्ने निर्णय भएको र होटल तथा क्यासिनो सञ्चालन नगर्न नगराउन हुनसमेत सूचीत गरिन्छ,’ विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

यो पनि : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेताहरूको कु’दृ’ष्टिको कारणले गर्दा देश बि’ग्रि’एको बताएका छन् ।

शुक्रवार पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले नेताहरूको कारण देश बि’ग्रि’एको बताएका हुन् । 

मन्त्री आलेले आजको दिनसम्म मन्त्रालय अन्तर्गतको विभिन्न अनियमितताहरूको अध्ययन गर्नमै आफ्नो समय खर्च भइरहेको उल्लेख गरे ।

उनले तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले बतास समूहसँग सेटिङ गरी सस्तोमा जग्गा भाडामा उपलब्ध गराउनेदेखि विभिन्न निकायहरूमा बतास समूहसँग सम्बन्धित मान्छेहरूलाई राजनीतिक नियुक्ति दिलाएको आ’रो’प पनि लगाए ।

उनले भने – ‘पशुपतिमा धर्मशाला बनिसकेपछि त्यसको टेन्डर प्रक्रिया पनि पशुपति क्षेत्र विकास कोषको मिटिङ बसेर मिटिङले पास गरेपछि मात्र टेन्डर गर्न पाउने कुरा हो ।

परिषद्को मिटिङबाट त्यो पास पनि भएको छैन । हतार हतारमा टेन्डर निकालेर सेटिङमा त्यो पनि उहाँले लिनुभएछ । हेर्दाखेरी सबै प्रक्रिया ग’ल’त छ ।

उहाँ बतासकै पार्टनर रहेछन् डिमप्रसाद पौडेलजी । त्यही मान्छेलाई ल्याएर योगेश भट्टराईजीले के गर्नुभयो, निगमको एमडी बनाउनुभयो ।

बतासलाई यता धर्मशाला बुझाउनुभयो । यता ल्याएर निगमको एमडी बनाउनुभयो । बतास र धनन्जय रेग्मी पार्टनर । अनि उहाँलाई ल्याएर पर्यटन बोर्डको सिइओ बनाउनुभयो ।

कस्तो सेटिङ हेर्नुस् । अनि कसरी बन्छ त हाम्रो देश ? सबभन्दा बढी यसको गल्ती भनेको म आफैँलाई भन्छु, नेताहरूले गर्दा खेरी हाम्रो देश बि’ग्रि’एको ।

नेताहरूको चरित्र असल भएको भए यो नेपाल अहिले यो अवस्थामा हुन्थेन । जम्मै नेताहरूको कु’दृ’ष्टिको कारणले गर्दा भएको हो ।

यो देश बिग्रिने पहिलो कारण भनको पोलिटिसिएन । सेकेण्ड चाहिँ ब्युरोक्रयाट पनि होलान् । तर सबभन्दा बढी दो’षी भनेको पोलिटीसिएन हुन् ।’

उनले मन्त्रीहरुले राजनीतिक नियुक्ति दिलाउनको लागि बार्गेनिङ गर्ने गरेको देखेको पनि बताए । मन्त्रीसँग आर्थिक बार्गेनिङ गरेर नियुक्त भएको मान्छेले काम नगर्ने र पैसा कमाउने मात्रै उद्देश्य राख्ने पनि उनले उल्लेख गरे ।

उनले भने – ‘कतै चहिच्किचाएर म भन्न चाहान्छु, मन्त्रीहरू कतिपय मैले के देखेको छु भन्दाखेरी कुनै राम्रो लाभको पदमा पठाउनुपर्‍यो भने पहिल्यै बार्गेनिङ हुँदोरैछ त्यहाँ ।

अनि बार्गेनिङ भइसकेपछि उसले किन काम गर्छ त ? उसको मुख्य लक्ष्य हुन्छ कसरी कमाउने ? किनकि उसले त बुझाएर आएको हुन्छ नि त । उसको इन्ट्रेस्ट त त्यो हुन्छ नि ।’

मन्त्री आलेले सबै अप्ठ्यारो कानुनहरूलाई संशोधन गरेर पर्यटन क्षेत्रको प्रवर्द्धन गर्नुपर्ने बताए । सरकारले पर्यटकीय क्षेत्रको नयाँ

गन्तव्य खोजी भइरहेको भन्दै उनले सो गन्तव्यहरूको विश्वभर प्रचार प्रसार गरेर धेरै भन्दा धेरै पर्यटक भित्राउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...