काठमाडौँ –
लामो समय रोजगारीको सिलसिलामा इजरायलमा बसेर गत शुक्रबार फेब्रुअरी ४ तारिख नेपाल प्रस्थान गरेकी ग्याष्ट्रिक क्या’न्सर पिडित ताप्लेजुङकी ४५ बर्षिया अर्चना चोङवाङको मंगलबार नेपालमा निध’न भएको छ ।
वैदेशिक रोजगारको सिलसिलमा इजरायलमा रहेकी चोङवाङ शुक्रवार नेपाल फर्केकी थिइन् । उनलाई परिवारको सहमतिमा डाक्टरको सल्लाह
बमोजिम गत शुक्रबार मेडिकलइस्कर्ट सहित ईजरायलबाट नेपाल पठाइएको थियो । शुक्रवार नेपाल फर्किएकी उनको मङ्गलबार नि’धन भएको हो ।
ताप्लेजुङबाट निर्वाचित सांसद एवम केन्द्रीय सचिव योगेश भट्टराईले ताप्लेजुङको चेली अर्चना चोङ्बाङ (प्यारी)को नि’धनप्रती दु’ख ब्यक्त गर्नुभएको छ ।
सामाजिक संजाल फेसवुकमार्फत सांसद भट्टराईले मृतकप्रती श्रद्धान्जली र परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्नुभएको छ ।
नेपाली राजदूतावास तेल अबिब ईजरायलले पनि अर्चनाको निधन प्रति गहिरो दु’ख व्यक्त गरेको छ । अर्चनाको निधनप्रति एक सूचना जारी गर्दै दूतावासले मृ’तात्माको चिर शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ ।
किराँत याक्थुङ चुम्लुङ इजरायलकि सदस्य समेत रहेकी अर्चना चोङवाङप्रति कियाचु इजरायलले पनि हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।
दूतावासले जारी गरेको संम्वेदना
हार्दिक श्रद्धाञ्जली!!
नेपालको ताप्लेजुङ जन्मस्थान भई वैदेशिक रोजगारीका सिलसिलामा ईजरायलमा रहँदै आउनुभएकी, Gastric Cancer बाट पीडित अर्चना चोङवाङलाई
परिवारको सहमतिमा डाक्टरको सल्लाह बमोजिम गत शुक्रबार मेडिकल इस्कर्ट सहित ईजरायलबाट नेपाल पठाइएकोमा आज विहान वहाँको दुःखद निधन भएको खबरबाट हामी सबै स्तब्ध भएका छौं।
हामी मृतात्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं। साथै, शोक सन्तप्त परिवार तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्न चाहन्छौं।
नेपाली राजदूतावास, तेल अबिब, ईजरायल।
