स्थानीय तह निर्वाचनको मिति वि रु द्ध सर्वोच्चमा रिट दायर, कस्ले गरे रिट दायर ?

काठमाडौं – 

स्थानीय तह निर्वाचनको मिति वि रु द्ध सर्वोच्च अदालतमा रि ट दायर भएको छ ।

महोत्तरीको भंगाहा नगरपालिकाका मेयर संजीवकुमार साहले पाँच वर्षको पूरा कार्यकाल काम गर्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रि ट दायर गरेका हुन् । यद्यपि रि ट दर्ता भएको छैन ।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले प्राप्त भएको रिट निवेदनमाथि अध्ययन भइरहेको बताए । उनले भने, ‘निर्वाचन मिति वि रु द्ध रिट प्राप्त भएको छ । दर्ता गर्ने कि नगर्ने प्रक्रियामा छौं । अध्ययन भइरहेको छ ।’

सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको छ ।

यस्तै जनमत पार्टीका अध्यक्ष सीके राउतले किसान आ न्दो ल न का मु द्धा पूरा गर्न सरकारसँग माग गरेका छन्। बुधबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै राउतले यस्तो बताएका हुन्।

किसानका माग पूरा नभए स्थानीय तहको निर्वाचन अ व रो ध गर्ने चे ता व नी दिएका छन्। राउतले पत्रकार सम्मेलनमा भने, ‘मुख्य कुरा किसानको मु द्धा हो।

किसानको मु द्धा मा सरकार संवेदनशिल हुनुपर्छ। त्यसपछि मात्रै स्थानीय तहको निर्वाचनको परिकल्पना गरौं। नत्र तराई मधेशमा झापादेखि बाँके, बर्दिया, कैलाली कञ्चनपुरसम्म अ व रो ध गर्नेछौं।’ 

अहिले मधेशमा राउतको नेतृत्वमा रहेको जनमत पार्टीले किसान आ न्दो ल न गर्दै आएको छ। कृषि मन्त्री मधेशकै भएपनि किसानको माग

सुन्न नचाहेको राउतको आ’रो’प छ। राउतले किसानका मु’द्धा सम्बोधन गर्न सरकार ग’म्भि’र नभए अर्को चरणको आन्दोलन घोषणा गर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...