फेब्रुअरी २१ देखि खोपको पूर्ण मात्रा लगाएका सबैलाई अस्ट्रेलिया प्रवेश खुला

क्यानबेरा –

अस्ट्रेलियाले करिब दुई वर्षपछि पर्यटक र अन्य भिसावाहकका लागि सीमा खुला गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री स्कट मरिसनले

को’भि’ड विरु’द्धको खोपको पूर्ण मात्रा लिएका पर्यटकहरूका लागि फेब्रुअरी २१ देखि आफ्नो देशमा प्रवेश दिइने बताएका हुन् ।

‘यदि, तपाईंले खोपको दुवै मात्रा लगाइसक्नुभएको छ भने हामी तपाईंलाई स्वागत गर्न तयार छौं,’ मरिसनले भने ।

को’भि’ड–१९ को संक्र’मण फैलिएसँगै अस्ट्रेलियाले लामो समयदेखि विदेश नागरिकलाई प्रवेश निषेध गर्दै आएको थियो । त्यसका साथै

उसले कडा प्र’तिब’न्धा’त्मक नियमहरू लागू गर्दै आएको थियो । सरकारको पछिल्लो निर्णयलाई शिक्षा लगायत विभिन्न क्षेत्रले स्वागत गरेका छन् ।

‘करिब दुई वर्षपछि विदेशबाट आउने पर्यटकलाई प्रवेश दिने निर्णय भएको हो,’ राष्ट्रिय सुरक्षासम्बन्धी बैठकपछि प्रधानमन्त्री मरिसनले भने ।

उनले सबै प्रकारका भिसा पाएकालाई अस्ट्रेलिया आउन दिने निर्णय भएको जनाएका हुन् । अस्ट्ेरलियाले को भि ड–१९ को महामारी फैलन रोक्न भन्दै

सन् २०२० को मार्चदेखि विदेशी पर्यटकलाई प्रवेश रोकेको थियो । पछिल्लो समय अत्यावश्यक क्षेत्रमा समेत कामदार अभाव भएपछि अस्ट्रेलियाले केही अन्तर्राष्ट्रिय विद्यार्थी र कामदारलाई गत डिसेम्बरदेखि प्रवेश दिइसकेको छ ।

अस्ट्रेलियामा हालसम्म २७ लाख जनामा को भि ड–१९ को सं’क्र’म’ण पुष्टि भइसकेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार तीमध्ये ४ हजार २ सय ४८ जनाको

मृ त्यु भइसकेको छ । सरकारको पछिल्लो तथ्यांकअनुसार करिब ८० प्रतिशत अस्ट्रेलियालीले को भि ड वि रु द्ध को खोपको दुवै मात्रा लगाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...