चीनले नेपाली भूमि अतिक्र’मण गरेको निष्कर्ष सहितको प्रतिवेदन कार्यदलले दिएको खुलासा !

काठमाडौं –

चीनले नेपाली भूमि अतिक्र’मण गरेको निष्कर्ष सहितको प्रतिवेदन सीमा अध्ययन कार्यदलले नेपाल सरकारलाई बुझाएको खुलासा भएको छ ।

बीबीसी विश्व सेवाले आफूलाई प्राप्त प्रतिवेदनको हवाला दिंदै हुम्लामा चीनले नेपाली भूमि अतिक्र’मण गरेको जनाएको हो ।

नेपालको सरकारी स्तरबाट उत्तरी छिमेकीले सीमा मिचेको निष्कर्ष पहिलो पटक आएको पनि बीबीसीले उल्लेख गरेको छ ।

चीनले सीमा मिचेको भन्ने अपुष्ट खबरहरु सार्वजनिक भएपछि सरकारले गत असोजमा सरकारी अधिकारीहरु, विज्ञ र सुरक्षा निकायका प्रतिनिधिहरु

सहितको कार्यदल बनाएको थियो । उक्त टोलीले स्थलगत निरीक्षणपछि सीमा अति’क्रमण भएको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

हुम्लामा चिनियाँ पक्षले नेपालतर्फ मिचेर भौतिक संरचना समेत बनाएको दाबी पनि प्रतिवेदनमा गरिएको बीबीसीले दाबी गरेको छ ।

तर नेपाल सरकारले उक्त प्रतिवेदन भने सार्वजनिक गरेको छैन । नेपाल र चीनबीच १४ सय किलोमिटर लामो सिमाना रहेको छ ।

तर बाह्रैमास हिउँले ढाकिने क्षेत्र धेरै भएकाले निरन्तर सीमा अनुगमन भने कठिन हुने गरेको छ ।

हुम्लाको लालुङजोङ सहित सिमा क्षेत्रका नेपालीहरुलाई चिनियाँ सुरक्षाकर्मीले धार्मिक गतिविधिमा समेत प्रतिब’न्ध लगाएको पनि प्रतिवेदनमा उल्लेख रहेको दाबी गरिएको छ ।

हिन्दु र बौद्धमार्गीहरुको आस्थाको केन्द्र कैलाश पर्वत नजिक पर्ने उक्त क्षेत्र हुँदै मानिसहरु धार्मिक यात्रा गर्ने गर्दछन् । तर, चीनले

सोही क्षेत्रमा अग्लो पर्खाल लगाएको र नेपाली भूमि मिचेर सडक तथा खोल्सो बनाएको पनि प्रतिवेदनमा उल्लेख रहेको बताइएको छ ।

प्रतिवेदनले नेपाल सरकारलाई सीमा क्षेत्रमा सुरक्षा पोस्टहरु राख्न सुझाव दिएको र नेपाली–चीन दुवै देशले यो विवा’द समाधान गर्नुपर्ने सुझाव दिइएको छ ।

चिनियाँ बजारमा आश्रित सीमा क्षेत्रका नेपालीहरु भने सिमा मिचिएको विषयमा बोल्नै नचाहने पनि प्रतिवेदनमा उल्लेख गरिएको जनाइएको छ ।

इमेजखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...