देउवा र प्रचण्डलाई का’रबा’ही गर्न भीम रावलको माग, यस्तो छ कारण

काठमाडौं –

नेकपा एमालेका नेता भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई पत्र लेख्ने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमथि छानबिन गरेर का’रबा’ही गर्न माग गरेका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा रावलले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनका लागि प्रधानमन्त्री देउवा र प्रचण्डले

पत्र लेख्नु आ’पत्तिजन’क भएको बताए । ‘कसरी कूटनीतिलाई कमजोर बनाइँदैछ र देशको स्वाभिमानमा ध’क्का पुग्दैछ भन्ने यो नमुना हो,’ उनले भने ।

देउवा र प्रचण्डले एमसीसीलाई लेखेको पत्रमा सम्झौता अनुमोदन गर्न समय माग्नुका साथै एमसीसी सम्झौताबारे जनतालाई जानकारी गराउन सरकारी स्रोत साधन उपयोग गर्नेछ भनेर लेखिएको रावलले बताए ।

उनले अघि भने, ‘प्रतिनिधिसभामा प्रस्तुत गरिएको कुनै देशसँगको सम्झौता, जो अनुमोदनका लागि विचाराधीन छ । त्यसलाई हामी यस्तो गर्नेछौं, उस्तो गर्नेछौं भनेर पत्र लेख्ने अधिकार कुनै व्यक्तिलाई हुन्छ ? यसमा छानबिन भएर का’रबा’ही हुनुपर्छ ।’

यो पनि : सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) चाँडै कार्यान्वयनमा जाने बताएका छन् ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटपछि मन्त्री कार्कीले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

अमेरिकाले दिएको टाइमलाइन फेब्रुअरी २८ भित्र एमसीसी पास हुन्छ ? भन्ने पत्रकारहरुको प्रश्नमा मन्त्री कार्कीको जवाफ छ,

‘एमसीसीको विषयमा जुन बहस चलराखेको छ । जुन किसिमको भ्र’म र आशं’काहरु छ यो चाँडै नै दूर भएर यो कार्यान्वयनमा जान्छ ।’

एमसीसीलाई संसदमा लगेर सकारात्मक निष्कर्षमा पुर्‍याउने विषयमा तीन शीर्ष नेताहरुबीच सकारात्मक छलफल भएको उल्लेख गर्दै उनले निचोडमा पुग्न एमसीसीबारे फेरि पनि छलफल हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...