एमसीसीबारे जनमत संग्रह…….!

काठमाडौँ –

सत्तारुढ (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले एमसीसीबारे जनमत संग्रह वा गोलमेच सम्मेलन गर्नुपर्ने बताएका छन् । एमसीसीले नेपालको हितमा नरहेको

भन्दै विकासका लागि हो भन्नेहरूले जनमत संग्रहका लागि तयार हुनुपर्ने बताएका हुन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा सांसद किराँतीले

एमसीसीको वि’रोधमा सडकमा जनता बोलिरहेको अवस्थामा राम्रै हो भन्ने हो भने जनमत संग्रह गर्न तयार हुनुपर्ने बताएका हुन् । ‘एमसीसीविरु’द्धमा जनता बोलिरहेका छन् ।

राम्रो भन्ने हो भने गोलमेच सम्मेलन गरौं या एमसीसीबारे जनमत संग्रह गरौं न त,’ उनको सुझाव थियो, ‘या एमसीसीबारे हामी सबैले एकमत कुरा गरौं ।’

एमसीसी ‘राष्ट्रघा’ती नै’ भएको सांसद किराँतीको भनाइ थियो । ‘नेपाललाई खसी चाहिएको छ तर खुवाइँदैछ फर्सी’ भन्दै विकासका नाममा राष्ट्रिय हितविरु’द्धको सम्झौता स्वीकार्य नहुने उनको भनाइ थियो ।

किराँतीले प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले असोज १३ गते लेखेको पत्र असोभनीय भएको पनि बताए ।

‘उताबाट एउटा सहसचिवले लेख्छ यताबाट बहालवाला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले पत्र लेख्छन्, यो शोभनीय भएन,’ उनले भने ।

नेपालमा शीर्ष पदमा रहेकाहरूले आफ्नो पदीय मर्यादा पूरा नगरिरहेको किराँतीको भनाइ थियो । उनले बहालवाला प्रधानमन्त्री खुफिया

एजेन्सीको प्रमुखसँग घण्टौ वार्ता गर्ने, शीर्ष पदमा पुगेकाहरू वि’वादित विषयमा नबोलिरहेको बारेमा पनि शंका उत्पन्न भएको उनले बताए ।

संसद्मा राष्ट्रिय महत्वका विषयमा सांसदहरूलाई बोल्न नदिइएको र समय कम दिइएको विषयमा पनि सांसद किराँतीले अस’न्तुष्टि जनाएका छन् ।

उनले सबै सांसदको हैसियत बराबर भएपनि बोल्न समय नमिलेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...