काठमाडौं –
सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले बैशाख ३० गते निर्वान गर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी एक मन्त्रीले हिमालपोस्टलाई दिएको जानकारी अनुसार सरकारले २०७९ वैशाख ३० गते एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो ।
निर्वाचन आयोगको परामर्शमा जेठ ४ गतेका लागि स्थानीय तहको चुनाव घोषणा गरिन लागेको चर्चा भए पनि मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते चुनाव गर्ने निर्णय गरेको छ ।
जेठ ५ गते अहिलेका स्थानीय तहका पदाधिकारीको पाँच वर्षे कार्यकाल सकिने भएकाले त्यसअगावै निर्वाचन गर्न आयोगले प्रस्ताव गरेको थियो ।
चौतर्फी दबाबपछि सरकारले स्थानीय तहको चुनाव घोषणा गरेको हो । सरकारले एक सय दिनको समय राखेर चुनावको मिति घोषणा गरेको छ ।
यो पनि : सत्ता गठबन्धन टु’ट्ने चर्चा चलिरहेका बेला पाँच दलका शिर्ष नेताबीच सहमति भैइसकेको खुलेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,
नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा नेपाल स्थानीय निर्वाचनमा मिलेर जाने सहमति भैसकेको जनाइएको छ ।
सरकारले बैशाख ३० गते नै एकैचरणमा देशभर निर्वाचन गर्ने निर्णय गरेलगत्तै पाँच दलीय गठबन्धनमा मिलेर चुनावमा जाने सहमति भैसकेको गठबन्धनकै एक नेताले बताए ।
ति नेताले दिएको जानकारी अनुसार गठबन्धनका नेताहरूकै सहमतिमा बैशाख ३० मै निर्वाचन घोषणा गर्ने सहमति बनेको थियो ।
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैशाख ३० मै निर्वाचन घोषणा गर्न प्रस्ताव लगेका थिए । उनको प्रस्ताव अनुसार नै प्रधानमन्त्री शेरबहादुर देउवा
चुनावको मिति घोषणा गर्न सहमत भएका थिए । स्थानीय निर्वाचनमा गठबन्धन कायम राख्ने सहमति भएपनि कसलाई कसरी बाँड्ने भन्ने टुङ्गो लाग्न भने बाँकी छ ।
एमसीसीका कारण भएको खटपटका कारण गठबन्धन टु’ट्ने हल्लाबिच नेताहरूले निर्वाचनमा मिलेर जाने सहमति गरेपछि गठबन्धन तो’ड्ने एमएको अर्को अस्त्र पनि समाप्त भएको ति नेताको दाबी छ ।
उनले भने, ‘गठबन्धन तो’ड्न एमाले लगातार लागिपरेको सुचना प्रधानमन्त्री र गठबन्धनका शिर्ष नेतालारूले पाइसकेकाले उसका सबै अस्त्र फे’ल हुन्छन् ।’
उनका अनुसार एमाले अध्यक्ष ओली देउवा नेतृत्वको सरकार बनेदेखि नै गठबन्धन तो’ड्न यो वा त्यो योजनामा लागिपरेका छन् ।