काठमाडौं –
लता मंगेशकरको अन्तिम संस्कारअघि मुम्बईको शिवाजी पार्कमा प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री उद्धव ठाकरेबाहेक राजनीति र
फिल्मका थुप्रै चर्चित अनुहार श्रद्धाञ्जली दिन पुगे । यीमधये एक थिए शाहरुख खान । तर उनका विषयमा ट्वीटरमा ठूलो वि’वाद निम्तिएको छ ।
बिजेपी हरियाणाका आइटी सेलका प्रभावी अरुण यादवले ट्वीटले यो वि’वादलाई निम्त्याएको थियो । उनले श्रद्धाञ्जलि दिँदै गरेका शाहरुख खानको भिडियो सेयर गर्दै लेखे, ‘के शाहरुख खानले थुकेका हुन् ?’
शाहरुख त्यहाँ आफ्नी सेक्रेटरी पूजा ददलानीसँग पुगेका थिए । एकातिर शाहरुखका हात प्रार्थनाका लागि खुल्ला थिए भने पूजा ददलानीले हात जोडेर लतालाई अन्तिम श्रद्धाञ्जलि दिइरहेकी थिइन् ।
त्यसपछि शाहरुख खानले मास्क हटाएर फुके । उनले फुकेको कुरालाई थुकको नाम दिएर शाहरुखलाई मानिसले ट्रोल गर्न थाले ।
यद्यपि, अर्को एउटा तप्काले उनको र पूजा ददलानीको तस्बिरलाई भारतको वास्तविक अनुहार भनेर तारिफ पनि गरिरहेका थिए ।
यो विवा’दमा थुप्रै चर्चित अनुहार पनि होमिए र शाहरुखको आलोचना गर्न थाले । शिवसेनाकी राज्यसभा सांसद प्रियंका चतुर्वेदीले ट्वीट गरिन्,
‘केही मानिस न दुआका काबिल छन् न दयाका, उनीहरुलाई दवा (औषधी) को आवश्यकता छ, मनको विष नष्ट गर्नका लागि ।’
यस्तै, द वायरका संस्थापक वरिष्ठ पत्रकार सिद्धार्थ वरदराजनले लेखेका छन्, ‘यो घिनलाग्दो ट्वीट बिजेपीका एक अधिकारीको हो ।
यसमा अब कुनै शं’का छैन कि समाजमा कस्ता मानिसले फोहोर वि’ष फैलाइरहेका छन् । यदि अरुण यादव दुआसँग अनभिज्ञ छन् भन दवा गर्नुभन्दा अघि कसैलाई सोध्न सक्दथे ।’
जफर सुरेशवालाले लेखेका छन्, ‘केही धर्मात्मा मानिस भारतको एकताको यो सुन्दर दृश्यलाई पचाउन सकिरहेका छैन । साँच्चै नै लता मंगेशकर ती व्यक्ति थिइन्
जसले मानिसलाई जिउँदो हुँदा एकताको सूत्रमा बाँधिन् र मरेपछि पनि यस्तो गर्न जारी राखिन् । शाहरुख खान पनि यसैमध्ये एक हुन् ।’
फिल्म निर्माता अशोक पण्डिले पनि शाहरुख खानको आलोचना गर्नेलाई जवाफ फर्काए । राणा सफवीले लेखेका छन्, ‘ईश्वर अल्लाह तेरो नाम,
सबको सन्मति दे भगवान । ’कांग्रेसकी प्रवक्ता सुप्रिया श्रीनेत्रले पनि शाहरुख खानको पक्षमा ट्वीट गर्र्दै उनीमाथि प्रश्न उठाउनेहरुमाथि नै प्रश्न उठाइन् ।
रेडियो जकी सायमाले लेखेकी छिन्, ‘प्रार्थना गर्दा फुक्ने परम्परालाई थुक भन्नेहरुको सोच थुक्न लायक छ । यिनीहरु वि’ष र घृ’णाको खेती गर्छन् ।’