प्रचण्डलाई आफ्नैले यसरी दिए धो का, अप्ठे’रोमा प्रचण्ड !

काठमाडौं – 

पार्टीभित्र सल्लाह नै नगरी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्ने प्रतिबद्धता जनाएको

पत्र सार्वजनिक भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अप्ठे’रोमा परेका छन्। पत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डको हस्ताक्षर छ। 

आश्चार्य कुरा के हो भने आफैँले गरेको हस्ताक्षरको स्वामित्व किन लिन चाहँदैनन् प्रचण्ड ? सार्वजनिक रुपमा एमसीसी संसोधन नगरी पारित गर्न नसकिने रटान

दिँदै आएका प्रचण्डले आफ्नै हस्ताक्षरको स्वामित्व नलिएर कार्यकर्ता माझमात्र होइन, पार्टीका आफ्नै सहयात्रीहरुको समेत विश्वास गुमाउँदै गएका छन्। 

बाहिर एकथरी अभिव्य’क्ति दिने, तर भित्रभित्रै सत्ता गठबन्धनमा टिक्न र अमेरिकीहरुलाई नचिढ्याउने रणनीतिले प्रचण्ड अप्ठे’रोमा परेका छन्।

पार्टीभित्र पर्याप्त छलफल नगरी हरेक निर्णय आफू केन्द्रीत बनाउन खोज्दा प्रचण्ड प्रायः वि’वादमा आउँछन्। एमसीसी मुख्यालयमा पठाएको पत्रमा हस्ताक्षर गर्दा समेत उनले आफ्नो पार्टीमा छलफल गर्न आवश्यक ठानेनन्।

त्यही कारण प्रचण्ड फेरि वि’वादमा तानिए। प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले एमसीसी पारित गर्ने प्रतिबद्धता सहितको संयुक्त हस्ताक्षर भएको पत्र सार्वजनिक भएपछि उनको चरित्र र महत्वकांक्षाबारे फेरि एकपटक चर्चा सुरु भएको छ।

प्रचण्डले किन आफ्नै हस्ताक्षरको स्वामित्व लिन तयार भएनन् ? यसको जवाफ कुनै दिन उनले देलान्। तर यस्तो प्रवृतिले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा प्रचण्ड र उनले नेतृत्व गरेको पार्टीको छबि नमज्जाले धुमिलिएको छ।

एमसीसीको वि’रोधमा बाहिर जति चर्को भाषण गरे पनि प्रचण्ड एमसीसी पारित गर्न हतारिएको देखिन्छ। एमसीसी पास गर्न प्रचण्डले देखाएको हतारोपनलाई उनले हस्ताक्षर गरेको पत्रले पुष्टि गरिसकेको छ।

विश्लेषकहरुमा अनुसार, प्रचण्डसँग अब एकमात्र विकल्प छ, त्यो हो आफ्नो हस्ताक्षरको स्वामित्व लिने र एमसीसी पास गराउने। त्यसका लागि प्रचण्डले अहिले फेस सेभिङ खोजिरहेका छन्।

जनताको विश्वास जित्न प्रचण्डले आफ्नो हस्ताक्षरको स्वामित्व लिनुपर्ने र एमसीसीलाई पारित गर्न अघि बढाउनुपर्ने विश्लेषकको सुझाव छ। राजनीतिक विश्लेषक अरुण सुवेदीले प्रचण्डले एमसीसी मुख्यालयमा पठाएको पत्रको स्वामित्व लिनुपर्ने बताए।

एमसीसी पास गर्नुपर्ने प्रतिबद्धतासहितको पत्र पठाउनु गलत नभएको विश्लेषक सुवेदीको भनाइ छ। ‘प्रचण्डले आफ्नै हस्ताक्षरको स्वामित्व लिन

नसक्नुचाँहि उनको गल’त नियत हो,’ राजनीतिक विश्लेषक सुवेदीले भने, ‘पत्रको स्वामित्व नलिने हो भने प्रचण्डले आत्मालोचना सहित जनतासँग माफी माग्नुपर्छ।’

आफ्नो हस्ताक्षरको स्वामित्व लिएनन् भने उनले निभाएको दोहोर चरित्रबाट आम नेपाली जनताले समेत अब प्रचण्डलाई विश्वास गर्न कठिन हुने देखिएको छ।

छलछाम र ढाँटको राजनीतिबाट वाक्क बनेका नेपाली जनताहरु नेताहरुबाट थप धो’का सहनसक्ने अवस्थामा छैनन्। कार्यकर्ता र जनतालाई प्रचण्डले ढाँटे नै, तर उनले सँगै जनयु’द्धबाट नाफाको जिन्दगी लिएर आएका आफ्नै सहयात्रीहरुसँग समेत झु’ट बोले।

प्रचण्डलाई नेता मानेर हिँडेका नारायणकाजी श्रेष्ठ, देव गुरुङ, लिलामणि पोख्रेल, लेखनाथ न्यौपानेहरुसँग समेत उनले सत्य बोल्न सकेनन्।

पत्र सार्वजनिक भएपछि उनीहरुले त्यसको विरोध गर्दै आगामी केन्द्रीय कमिटीको बैठकमा कुरा राख्ने बताएका छन्। पत्रबारे असहमति जनाउने कतिपय नेताले प्रतिक्रियासमेत दिएका छैनन्।

प्रतिक्रिया नदिने तर प्रचण्ड प्रवृत्तिको वि’रोध गर्ने नेताहरुको कमी छैन माओवादी केन्द्रमा। पत्र सार्वजनिक पछि दोहोरो चरित्र निभाएको भन्दै माओवादी नेताहरु प्रचण्डसँग आ’क्रो’सि’त छन्।

अन्नपुर्णपोष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...