यस्तो अनौठो काम गरेर १८ करोड नेपाली रुपैयाँ कमाउने दुई नर्स प क्रा उ

काठमाडौं – 

अ’प’रा’ध अनौठा छन् । अ’प’रा’ध’का लागि मानिसहरुपनि जे जति खर्च गर्नपनि तयार छन् ।

अझ धनको लोभमा मानिसहरु जे गर्नपनि तयार छन् । को रो ना वि रु द्ध को खोप नलगाएकालाई खोप कार्ड बेचेर १५ लाख डलर

अर्थात १८ करोड नेपाली रुपैयाँ कमाउने न्युयोर्कको लङ आइल्याण्डका दुई नर्स प’क्रा’उ परेको खबर अहिले भाइरल छ ।

अमेरिका जस्तो देशमा त पैसाका लागि यतिहदसम्म भइरहेको छ भने गरिब देशहरुमा के भइरहेको होला ? अनुमान मात्र गर्न सक्छौ ।

न्युयोर्कको राज्यको डाटावेसमा खोपा नलगाएकाहरुको विवरण पनि खोप लगाएको भन्दै राखेर कार्ड बेच्ने २ जना नर्सहरुलाई त्यहाँको प्रहरीले प’क्रा’उ गरेपछि यो सनसनीपूर्ण तथ्य बाहिर आयो ।

४९ वर्षकी जुली डेबुनो र ४४ बर्षकी मारिसा उराओलाई पक्राउ गरिएको अधिकारीहरुले पुष्टि गरेका छन् । उनीहरु वाइल्ड चाइल्ड पेडियाट्रिक हेल्थ केयरमा कार्यरत रहदै आएका थिए भने डेबुनो त्यसकी संचालक समेत हुन्।

उनीहरुले सन् २०२१ को नोभेम्बरदेखि सन् २०२२ को जनवरीसम्म ३ महिनाको अवधिमा भ्याक्सिनकार्डहरु बेचेका थिए। बयस्कलाई २२० डलरमा र

बालबालिकाहरुका लागि ८५ डलरमा कार्ड बेचिएको थियो। उनीहरुले सरकारी गुप्तचरहरुलाई पनि नक्कली कार्ड बेचेपछि फन्दामा परेका हुन्। गुप्तचरहरु ग्राहकको भेसमा त्यहाँ पुगेका थिए।

उनीहरुको साथबाट ९ लाख डलर नगदसमेत बरामद गरिएको छ। साथै घरमा भेटिएको एउटा खातामा कार्ड बेचेर १५ लाख डलर नाफा गरेको विवरण समेत उल्लेख गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...