संसदमा एमसीसी टेबुल गर्न कानुनमन्त्रीको प्रस्ताव, सभामुखले फर्काए यस्तो कडा जवाफ !

काठमाडौं – 

बाहिर चर्को बहस भैरहेको एमसीसीलाई संसदमा लैजान प्रधानमन्त्री शेरबहादुर देउवाले जोडबल गरिरहेका बेला सभामुख अग्नि प्रसाद सापकोटाले भने प्रस्ताव अस्विकार गरेका छन् ।

संसद बैठकमा एमसीसी टेबुल गर्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटा र कानुनमन्त्री दिलेन्द्र प्रसाद बडूबीच भेटवार्ता भएको छ।  

संसद सचिवालयमा सभामुख र कानुनमन्त्रीबीच भेटवार्ता भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए। उनले संसद सुचारु गर्ने विषयमा छलफल भएको बताए।

स्रोतका अनुसार दुई बीच एमसीसी टेबुल गर्ने विषयमा छलफल भएको थियो। आगामी माघ २६ गते बस्ने बैठकमा एमसीसी टेबुल गर्न कानुनमन्त्री

बडूले सभामुख सापकोटासँग प्रस्ताव गरेका थिए। सभामुखले यतिबेला छलफलको वातावरण नभएको जवाफ दिएका थिए।एमसीसी मुख्यालयले नेपाल सरकारलाई फेब्रुअरी २८ भित्र एमसीसी पास गर्न समयसीमा दिएको छ।

त्यहीअनुसार राजनीति दलका नेताहरुबीच सघन छलफल भइरहेको छ। आजै प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका

अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भएको छ।

उनको प्रस्तावपछि सभामुखले एमसीसी जस्तो विषयमा अहिले छलफल हुन नसक्ने बताएको स्रोतले जनाएको छ । एमसीसीबारे बाहिर बहस

गरेर नहुने भन्दै उनले संसदमा बहस गराउन सभामुखलाई आग्रह गरेका हुन् । सभामुखले भने संसदमा अहिले छलफलको वातावरण नभएको बताएका थिए ।

संसदमा बहस गराऔं भन्ने कानून मन्त्रीको प्रस्ताव आए पनि सभामुखले अहिले संसद अवरुद्ध रहेकाले सरकारले पहिले संसदको अवरोध खुलाउनुपर्ने

त्यसपछि राष्ट्रिय सहमति कायम गरेर मात्र एमसीसी संसदमा लैजान सकिने जवाफ दिएको सभामुख निकट स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...