बल्ल एमसीसीलाई पठाएको पत्रबारे प्रचण्डले मुख खोले, सजिलै सँग यस्तो पो भनिदिए !

काठमाडौँ –

नेकपा (माओवादी केन्द्र)ले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)लाई गठबन्धन तथा सरकारको रक्षाका लागि पत्र लेखेको जनाएको छ ।

दाहालको सचिवालयले आइतबार साँझ प्रकाशित गरेको विज्ञप्तिमा प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नै पर्ने दबा’ब परेकोले लेखिएको पत्रको बारेमा आएको प्रतिक्रियाप्रति ध्यानाकर्षण भएको जनाएको छ । 

‘२९ सेप्टेम्बर २०२१ मा एमसीसी मुख्यालयलाई प्रधानमन्त्री र हाम्रो पार्टीका अध्यक्षको तर्फबाट लेखिएको पत्र र त्यसबारे राजनैतिक वृत्त तथा जनस्तरमा गरिएका टिप्पणी, क्रिया र प्रतिक्रियाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’

विज्ञप्तिमा भनिएको छ, ‘प्रतिगमनलाई परास्त गरी भर्खरै गठबन्धन सरकार निर्माण भएको समयमा प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नैपर्ने दबा’ब भएकोले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि उक्त पत्र लेखिएको थियो।’

आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले एमसीसी मुख्यालयलाई लेखेको पत्र सञ्चारमाध्यमहरुमा आएका थिए ।

विज्ञप्तिमा एमसीसी परिमार्जनबिना पारित नहुने पार्टीको अडान यथावत रहेको पनि जनाएको छ । अध्यक्ष सचिवालयले प्रधानमन्त्रीका साथ

लेखेको कूटनीतिक पत्रलाई गलत रुपमा व्याख्या गरेको आरोप लगाएको छ । ‘यो परियोजना परिमार्जनबिना पारित गर्नु हुँदैन भन्नेमा हाम्रो पार्टी दृढ छ,’ विज्ञप्तिमा भनिएको छ ।

एमसीसीका मुख्यालयका अधिकारीहरुले सो सम्झौता परिमार्जन हुने यसअघि नै स्पष्ट पारित सकेका छन् । एमसीसीको विषयमा ‘नियोजित प्रचारबाजी’ गरिएको आ’रोप दाहालको सचिवालयको छ ।

विज्ञप्तिमा पार्टीले गरेको कूटनीतिक पहललाई गल’त रुपमा व्याख्या गरिएको जनाएको छ । सो पत्रमा एमसीसीका लागि राष्ट्रिय सहमति आवश्यक हुने र त्यसका लागि सरकारलाई केही समय आवश्यक हुने जनाएको छ ।

‘देशमा एकातिर एमसीसीबारे राजनीतिक वृत्त, बुद्धिजीवी, प्रेसदेखि जनस्तरसम्म विरो’ध र दबाबको अवस्था विधमान रहनु र अर्कोतिर तत्कालीन

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले एमसीसीबारे गठन गरेको कार्यदलले पनि यसलाई ‘परिमार्जनबिना पारित गर्न नसकिने’ निचोड प्रस्तुत गरेकोले समेत गठबन्धनभित्रै यसबारे एउटै मत बनिहाल्ने अवस्था थिएन’ दाहालको सचिवालयले भनेको छ ।

यो पनि : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे चुनावपछि मात्रै छलफल गर्न प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आमन्त्रणमा भएको प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी ओलीबीचको भेटका क्रममा अध्यक्ष दाहालले यस्तो प्रस्ताव गरेका हुन् । 

बैठकपछि एमाले महासचिव शंकर पोखरेलले छलफलका क्रममा माओवादी अध्यक्ष दाहालले एमसीसीलाई चुनावपछि छलफल गर्नु उपयुक्त हुने बताएको जानकारी दिए । ‘उहाँले सामुन्नेमा चुनाव छन् ।

त्यसैले एमसीसीलाई चुनावसम्मका लागि स्थगित गरौं । सत्ता पक्ष र प्रतिपक्षसहितको सहमतिमा चुनावपछि संसद्‌मा पेस गरौं, त्यो उचित हुन्छ भन्नुभयो, फेरि संसद् सञ्चालनमा सहयोग गर्नुस् पनि भन्नुभयो,’ पोखरेलले भनेका छन् ।

प्रधानमन्त्री देउवाले भने तत्कालै एमसीसी पास गर्नुपर्ने अवस्था रहेको भन्दै ओली र दाहाल दुवैलाई सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा एमाले अध्यक्ष ओलीले सत्तापक्षले आफ्नो दृष्टिकोण राखेको अवस्थामा एमाले अनिर्णित नबस्ने बताएका थिए ।

‘अहिले सत्ता पक्षकै एकमत देखिएको अवस्था छैन । सरकारले आफ्नो धारणा राखेको अवस्थामा एमालेले अनिर्णित रहँदैन, हामी आफ्नो स्पष्ट निर्णय गर्छौँ,’ महासचिव पोखरेलले भने ।

उनले आफूहरूले एमसीसी पास गर्नेबारे पहिले सरकार स्पष्ट होस् भन्ने राय राखेको बताए । ‘यो सरकारले अघि बढाउनुपर्ने विषय हो, त्यसैले पहिले सत्तापक्षले धारणा सार्वजनिक गरोस्, तब हामी बोल्छौं भनेका हौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...