देउवा सरकारबाट बाहिरिदै प्रचण्ड, देउवालाई फोन गरेर प्रचण्डले राखे यस्तो प्रस्ताव, त ना ब मा देउवा !

काठमाडौं –

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने भएका छन् ।

अमेरिकी सहयोग सम्झौता एमसीसी पारित गराउनेगरि प्रधानमन्त्री शेरबहादुर देउवा लागिपरेको र सोहीअनुसार अमेरिकालाई गत सेप्टेम्बरमा लेखेको पत्र सार्वजनिक भएको भन्दै प्रचण्ड रु’ष्ट बनेका छन् ।

प्रचण्डनिकट उच्च स्रोतले दिएको जानकारीअनुसार आज (आइतबार) विहान प्रचण्डले प्रधानमन्त्री देउवालाई फोन गरेर आफूले सरकारमा सहभगाी मन्त्रीहरुलाई फिर्ता बोलाउन लागेको जानकारी दिएका थिए ।

उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘तपाईँ एमसीसी जसरी पनि पारित गराउनेगरि लाग्नुभयो, अमेरिकाले पनि द’बाब दिने रणनीति बनायो । हामीले अमेरिकालाई लेखेको पत्र यसरी अहिलेको समयमा सार्वजनिक गर्नु गल’त हो ।’

प्रचण्डले आफू र प्रधानमन्त्री देउवासँग अहिले एमसीसी पारित नगर्ने समझदारी भएको अवस्थामा एकाएक यसरी पत्रहरु सार्वजनिक गरिनु गल’त

भएको पनि आफूनिकट नेताहरुसँग गुनासो पोखेका छन् । प्रधानमन्त्री देउवासँगको फोनवार्तामा प्रचण्डले आफू पाँच दलीय गठबन्धन भने तोड्ने पक्षमा नरहेको जनाएका थिए ।

उनले प्रधानमन्त्री देउवालाई भनेका थिए,‘यदि तपाईँलाई एमसीसी पास गराउनैपर्ने अप्ठ्यारो छ भने तपाईँ एमालेको सहयोग लिने हो भने पनि लिनुहोस, तर हामी सरकारमा रहँदैनौं । एमसीसी पारित गर्ने पक्षमा छैनौं ।’

यस्तै अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे धारणा बनाउन नेकपा माओवादी केन्द्र आन्तरिक  लफलमा जुटेको छ ।

एमसीसीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पठाएको पत्र र देउवा र प्रचण्डलाई अमेरिकाले पठाएको जवाफी पत्र सार्वजनिक भएपछि माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको हो ।

नेता नारायणकाजी श्रेष्ठका अनुसार माओवादी केन्द्रले एमसीसीबारे आन्तरिक छलफल गरेर स्पष्ट धारणा तय गर्नेछ ।

आइतबार बिहान माओवादी नेताहरुले प्रधानमन्त्री देउवासँग पटि नेलिफोन वार्ता गरेका थिए । टेलिफोन वार्ताकाका क्रममा प्रधानमन्त्री समक्ष माओवादी नेताहरुले एमसीसीलाई लेखेको पत्र सार्वजनि गरेकोमा आपत्ति जनाएका थिए ।

आइतबार बिहान प्रधानमन्त्री देउवा र प्रचण्डले एमसीसीलाई पठाएको पत्र सार्वजनिक भएको थियो । पत्रमा दुबै नेताले एमसीसी अनुमोदन गर्न समय मागेका थिए ।

देउवा र प्रचण्डले पठाएको पत्र कार्यान्वयन गर्न भन्दै एमसीसीले पनि देउवा र प्रचण्डलाई पत्र पठाएका थिए । जवाफी पत्रमा मागेको समय घर्किन लागेको स्मरण गराइएको छ ।

दुबै पत्र सार्वजसनक भएपछि एमसीसीमा माओवादीको धारणा के हो ? भन्ने प्रश्न उब्जिएका बेला माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको हो । माओवादी केन्द्रका नेताहरुले सार्वजनिक रुपमा भने एमसीसी संशोधनविना पास गर्न नहुने बताउँदै आएका छन् ।

यो पनि : प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज भेटवार्ता हुने भएको छ। 

आज दिउँसो ४ बजेका लागि बालुवाटारमा तीन नेताहरूको भेटवार्ता तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि पुस २४ गते

ओलीलाई भेट्न प्रधानमन्त्री देउवा उनको निवास बालकोट पुगेका थिए। संसदमा भइरहेको अवरोध, स्थानीय निर्वाचन र एमसिसी परियोजनाको विषयमा तीन नेताबीच छलफल हुन लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...