वरिष्ठ गायिकाको नि ध न ले संगित क्षेत्रमा ठुलै क्ष ति, सरकारले २ दिन राष्ट्रिय शोक घोषणा !

काठमाडौँ –

भारतीय प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार नि’ध’न भएको छ । को भि ड सं’क्र’मि’त भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

केहि हप्तायता उनलाई मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालको सघन (आईसीयू) कक्षमा राखी उपचार गरिँदै आएको थियो ।

आइतबार बिहान ८:१२ मा उनको निधन भएको अस्पताल प्रशासनलाई उद्धृत गर्दै भारतीय समाचार संस्था हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

केही समययता उनको शरीरका धेरै अङ्गले काम गर्न छाडेको उपचारमा संलग्न डाक्टरले बताएका छन् । उनको जन्म सन् १९२९ सेप्टेम्बर २८ मा भारतो इन्दौरमा भएको थियो ।

मंगेशकर यसअघि सन् २०१९ को सेप्टेम्बरमा श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी थिइन् । उनले सन् १९४३ मा आफू १३ वर्षको हुँदा पहिलो गीत रेकर्ड गराएकी थिइन् ।

उनले आफ्नो जीवनकालमा ३६ भाषामा ३० हजारभन्दा बढी गीत गाएकी छन् । ९२ वर्षीया मंगेशकरलाई आफ्नो जीवनकालमा एक हजारभन्दा बढी हिन्दी सिनेमाका गीत गाएकी थिइन् ।

उनी नेसनल फिल्म अवार्ड‚ दादासाहेब फाल्के अवार्ड र भारत रत्नसहित दर्जनौं पुरस्कारबाट सम्मानित भएकी थिइन् । यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर चर्चित गायिका लता मंगेशकरको नि’ध’नमा गहिरो शोक जताएका छन् ।

मोदीले ट्वीट गरेर भने, ‘म आफ्नो दुःखको बयान शब्दमा गर्न सक्दिनँ । दयालु र सबैको ख्याल राख्ने लता दिदीले हामीलाई छोडेर जानुभयो ।

लता दिदीको कमीको भरपाई कहिल्यै हुने छैन । अबका पीढिले उनलाई भारतीय संस्कृतिकी उपदेशकको रुपमा स्मरण गर्नेछन् । उनको आवाजमा मानिसहरुलाई मन्त्रमुग्ध गर्ने अतुलनीय क्षमता थियो ।’

मोदीले अर्को ट्वीटमा लेखेका छन्, ‘लता दिदीको गीत हरेक प्रकारको भावले युक्त हुन्थे । उनले थुप्रै दशकसम्म भारतीय फिल्ममा भएको

परिवर्तनलाई निकटताले हेरिन् । फिल्मभन्दा भिन्न उनी भारतको प्रगतिको विषयमा सधैँ उत्साहित रहेकी थिइन् । उनी सधैँ एक बलियो र विकसित भारत चाहन्थिन् ।’

मोदीले आफ्नो तेस्रो ट्वीटमा लेखका छन्, ‘मेरा लागि यो सम्मानको कुरा हो कि मैले लता दिदीबाट अपार स्नेह पाएँ । उनीसँग भएका कुराकानी मेरा लागि सधैँ अविस्मरणीय हुनेछन् । मैले उनको परिवारका सदस्यसँग कुरा गरेँ र श्रद्धाञ्जली दिएँ । ओम शान्ति ।’

यस्तै भारतले दुई दिनसम्म राष्ट्रिय शोक मनाउने भएको छ। चर्चित भारतीय गायिका लता मंगेशकरको सम्झनामा भारतले आइतबार र सोमबार दुई दिन राष्ट्रिय शोक मनाउने भएको हो।

भारत रत्न पुरस्कारबाट सम्मानित बनेकी गायिका मंगेशकरको शोकमा भारतले आफ्नो राष्ट्रिय झण्डा दुई दिनसम्म आधा झुकाउने भएको हिन्दुस्तान टाइम्समा खबर छ।

स्वरकी धनी भनेर चिनिने चर्चित भारतीय गायिका मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो। उनको आइतबार बिहान ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा नि’ध’न भएको हो।

मंगेशकरलाई को भि ड १९ सं’क्र’म’ण भएपछि जनवरीको सुरुमा अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार नआएपछि उनलाई केही हप्तादेखि आइसियुमा राखिएको थियो।

३६ भन्दा बढी भारतीय भाषामा ३० हजारभन्दा बढी गीत गाइसकेकी मंगेशकरले भारतीय फिल्म संगीतलाई नयाँ परिभाषा दिएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...