काठमाडौं –
सत्तागठबन्धनमा खटपट आएको, प्रधानमन्त्रि शेर बहादुर देउवाले एमसीसी पास गर्न सहयोग नगरे गठबन्धन भत्काउँने चेता’वनी दिएको लगायतका बिषयमा चर्चित राजनितिक विश्लेषक डा. सुरेन्द्र केसीले ख’रो विश्लेषण गरेका छन् ।
स्थानिय तहको निर्वाचन निर्धारित समयमै गर्नुपर्ने दबा’बदाई विषयान्तर गर्न यस्तो हल्ला चलाइएको हुन सक्ने आशंका गर्दै डा. केसीले एकातिर हल्ला गरेर
अर्को खेल खेल्ने राजनिति हुन सक्ने पनि अनुमान गरेका छन् । भने मालिकले अप्ठे’रोमा पारेर अब भने एमसीसी वार कि पार गर्ने अवस्थामा आएको हुन सक्ने पनि विश्लेषण गरेका छन् ।
ओटिभि नेपाल सँगको विशेष कुराकानीमा विश्लेषक डा. केसीले प्रधानमन्त्रि शेर बहादुर देउवा र एमसीसीमा हस्ताक्षर गर्ने तत्कालिन अर्थमन्त्रि
एवं हालका संचार तथा सुचना प्रविधिमन्त्रि ज्ञानेन्द्र कार्कीको एमसीसीमा के लेखिएको छ भनेर पढ्ने ल्याको नभएको दाबी गरेका छन् ।
अमेरिकीहरुले लेखेको र यिनिहरु त हस्ताक्षर मात्रै गरेको जिकिर डा. केसीले गरेका छन् । मुल सम्झौता भन्दा बाहेक ९ सय पृष्ठको छुट्टै सम्झौता भेटियो रे ?
के ९ सय पृष्ठ भित्र के लेखिएको छ भनेर पढ्ने धैर्यताहोला त शेर बहादुर देउवासँग ? यस्तो कुरा पनि कसैले पत्याउँछ ? भन्दै उनले प्रश्न गरेका छन् ।
एमसीसी जतिनै राम्रो भए पनि नेपाली जनताले चाँहिदैन भने पछि किन जबर्जस्ती पास गर्नु पर्ने ? भन्दै केसीले सरकारसँग जवाफ मागेका छन् ।
नेपाली जनतानैयसको विपक्षमा भए पछि आफु पनि कुनै पनि हालतमा एमसीसी पास गर्नु हुन्न भन्ने पक्ष्ँमा रहेको केसीले स्पष्ट पारेका छन् ।
एमसीसी राम्रो छ र भन्ने र एमसीसीको विषयमा सबैभन्दा जान्ने म हुँ भन्नेसँग प्रयत्क्ष बहसमा आउँन पनि डा. केसीले चु’नौति दिएका छन् ।
एमसीसीमा सबैभन्दा जान्ने म हु भन्ने को हो उ म सँग बहसमा आओस नेशनल मिडियामा बहस गर्न तयार छु तर दोस्रो तेस्रोसँग गर्दिन सबैभन्दा जान्ने हुँ भन्ने नै आओस । डा. केसीले चुनौ’ति दिएका छन् ।
पुर्वप्रधानमन्त्रि बाबुराम भट्टराईले एमाले नेता भिम रावलललाई नक्कली पिएचडि भनेको बिषयमा डा. केसीले त्यासो भने उनको
पिएचडि चाँही सक्कली होली नि त म बाबुरामसँग एमसीसीको बिषयमा बहस गर्न चाहन्छु तयार हो ? भन्दै च्यालेन्ज गरेका छन् ।
सत्तागठबन्धनमा खटपट आएको र गठबन्धन भत्क’न सक्ने बिषयमा डा. केसीले अरु कारणले होइन काँग्रेस र एमाले मिलेर सभामुख अग्नि सापकोटालाई छोए
भने चाँहि गडबन्धन भत्क’न सक्ने बताए । एमसीसी सभामुख पापकोटाकै कारण रोकिएको हो भने उनलाई आफुले स्यालुट गर्ने पनि केसीले बताएका छन् ।
एमसीसी सुरु गर्ने नै मओवादी हो भनेर लगातार प्रमाण सहित बोल्दै आएका केसीले यदि सभामुखले रोकेका कारण हटाइयो भने
कृष्ण बहादुर महराललाई पनि यहि कारण हटाइएको प्रमाणित हुने बताएका छन् । एमसीसी रोककै कारण एमालले सभामुख हटाएमा गल्ति हुने केसीले बताएका छन् ।