कहिलेदेखि हुन्छ मौसममा सुधार ? मौसमविदले दिए यस्तो जानकारी

काठमाडौं –

आज दिउँसोदेखि मौसममा सुधार हुने भएको छ । बिहीबार र शुक्रबार वर्षा तथा हिमपात गराएको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभा’व कम हुन थालेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

बिहीबार पश्चिम भेगमा र शुक्रबार देशैभरि वर्षा र हिमपात भएको थियो । अहिले देशका केही ठाउँमा सामान्य बद्ली रहेको र दिउँसोदेखि मौसम सफा हुने मौसमविद् मानन्धरले बताउनुभयो ।

आज पहाडी भेगका केही ठाउँमा बदली भएर सामान्य वर्षा हुने उहाँले बताउनुभयो । भोलिदेखि मौसम खुलेर घाम लाग्ने र न्यानो सुरु हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दुई दिनको हिउँदे वर्षा र हिमपातले जनजीवन प्रभा’वित भएको छ ।

यस वर्ष गएको वर्षको हिउँदको तुलनामा चार गुणा धेरै वर्षा भएको छ । गत वर्षको हिउँद अर्थात डिसेम्बरदेखि फेब्रुअरीसम्म १५ दशमलव चार मिलिमिटर वर्षा भएकोमा यो वर्ष शुक्रबार बिहानसम्म ५७ दशमलव ७ मिलिमिटर वर्षा भइसकेको थियो ।

शुक्रबार देशैभरि वर्षा भयो भने थुप्रै ठाउँमा भारी वर्षा समेत भएको छ । सामान्यतया हिउँदमा ६० दशमलव नौ मिलिमिटर वर्षा हुन्छ ।

आज पनि देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभा’वबाट जो’गिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यस्तै भारी हिमपात र वर्षाका कारण हिमालपारीको जिल्ला मुस्ताङमा सडक, विद्युत र हवाई सेवा अवरु’द्ध भएको छ ।

बिहीबार साँझदेखि सुरू भएको वर्षा र हिमपात आज बिहानसम्म पनि नरोकिए पछि हिमाली जिल्ल्ला मुस्ताङ र म्याग्दीको जनजीवन अस्तव्यस्त बनेको छ ।

मुस्ताङको सबै क्षेत्रमा हिमपात भएको छ भने म्याग्दीको पनि अधिकांश स्थानमा हिमपात हुनुुका साथै अत्यधिक चिसो बढेको छ ।

हिमपातका कारण सडकमा हिउँ जमेकाले बेनी–जोमसोम–कोरला सडक खण्डको लेतेदेखि माथिको खण्ड अवरु’द्ध बनेको छ ।

हिमपातले गर्दा सडक बन्द भएकाले म्याग्दीबाट मुस्ताङतर्फ गाडी जान सकेका छैनन् । सडकमा जमेको हिउँ पग्लिएपछि र मौसम खुलेपछि मात्रै यातायात सञ्चालन हुने जनाइएको छ ।

त्यसैगरी, हिमपात र हावाहुरीले बिजुलीको तार चुडाएपछि मुस्ताङमा बिहीबार रातिदेखि नै विद्युत् सेवा अवरु’द्ध भएको छ । वर्षा र हिमपातका कारण जोमसोम

विमानस्थलमा हवाइ उडान पनि अबरु’द्ध बनेको स्थानीय प्रशासनले जनाएको छ ।मुस्ताङमा यो सिजनको चौथो पटक भारी हिमपात भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...