प्रहरीले रं गे हा त समातिएको युट्युबरको अनौठो गाडी, सबै चकित !

सिन्धुली –

झट्ट हेर्दा पुरानो जर्मन ट्रक जस्तो । बायाँ साइडमा दुईवटा ठूला सोलार प्यानल जडित छ । त्यसको चार्ज गर्न ढोकाको साइडमा ठूलो इन्भर्टर राखिएको छ ।

जसलाई ताला लगाइएको छ । पछाडि अक्सिजन सिलिण्डर, अगाडि हुटमा त्रिपालले छोपिएको छ । बाहिरी बनोट हेर्दा नै यो चानचुने गाडी होइन भन्ने अनुमान सहजै लगाउन सकिन्छ ।

मोडीफाइ गरेर हाइफाई सुविधासहितको मिनीट्रक यतिखेर जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्राङ्गणमा छ । यो मिनी ट्रक ला गू औ ष ध सहित प्रहरीले प क्रा उ गरेको युट्युबर चेतन कार्कीको हो ।

यो मिनी ट्रकमा सबैखाले सुविधा छ । प्रहरीका अनुसार चालक बस्ने भन्दा पछाडिको भागलाई सुविधा सम्पन्न घर जस्तै बनाइएको छ ।

बायाँ साइडबाट ढोका खुलेपछि भित्र हेर्दा झन् अनौठो लाग्छ । सुत्ने बेडदेखि भान्साका सबै सामग्री ट्रकमा सेट गरिएको छ । घुमाउने कुर्सीसहित कार्यालय सजावटसमेत गरिएको छ ।

ट्रकभित्र पनि यस्तो सुविधा हुन्छ भनेर प्रहरी नै अचम्मित भएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रनाउ मनोजकुमार लामाका अनुसार शौचालयसमेत मिनीट्रकभित्रै छ ।

‘मिनीट्रक मोडीफाइ गरेर सबैखाले सुविधासहित विलासी सामान राखिएका छन्,’ प्रनाउ लामाले भने, ‘हामीलाई सूचना प्राप्त भएको थियो । नियमित चेकजाँचकै क्रममा गाडीसमेत अनौठो लागेर थप अनुसन्धान गरियो । लागूऔषध फेला पर्‍यो ।’

संगीतका लागि गितारदेखि खाने काजु किसमिससमेत सबै मिनीट्रक भित्र पाइएको उनले बताए । विदेसतिर यस्तो ट्रकलाई क्याम्पट भनिने उनले सुनाए ।

चल्तीका युट्यूबर भएकाले ला गू औ ष ध सहित समाइएका कार्कीलाई खुर्कोटमा नै फ्यानहरूले घेरेको समेत प्रहरीले जनाएको छ ।

बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ को खुर्कोटमा लागूऔषध सहित काठमाडौं महानगरपालिका २६ सामाखुसीका ३७ वर्षीय युट्यूबर कार्कीलाई प्रहरीले प क्रा उ गरेको छ ।

बर्दिबासबाट धुलीखेलतर्फ जाँदै गरेका युटु्यूबर कार्कीले चलाएको चेतनभ्लग आवरणको ०१–००३क ९१८२ नं को मिनीट्रक चेकजाँच गर्दा कार्कीले

लगाएको ट्र्याकसुटको दाहिने खल्तीबाट खैरो हेरो’इन ४ दशमलव १३० ग्राम र ६ दशमलव ९३० ग्राम गाँ’जा बरा’मद भएको प्रहरी प्रनाउ लामाले जानकारी दिए ।

ला गू औ ष ध मु द्दा मा युट्यूबर कार्कीलाई शुक्रबार सिन्धुली अदालतबाट ७ दिनको म्याद थपी थप अनुसन्धान भइरहेको प्रनाउ लामाले बताए ।

मिनीट्रकको कागजात र मोडीफाइ गर्ने इजाजत भए नभएको समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । युट्युबरको आवरणमा ला गू औ ष ध,

सुन र अन्य तस्करीका कारो’बार बीपी राजमार्गलाई ट्रान्जिट प्वाइन्ट बनाएर बाक्लै भइरहेको सूचना प्राप्त गरेकाले थप कडा’ई गरिएको प्रहरीले जनाएको छ ।

कान्तिपुरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...