काठमाडौं –
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेताहरूको कु’दृ’ष्टिको कारणले गर्दा देश बि’ग्रि’एको बताएका छन् ।
शुक्रवार पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले नेताहरूको कारण देश बि’ग्रि’एको बताएका हुन् ।
मन्त्री आलेले आजको दिनसम्म मन्त्रालय अन्तर्गतको विभिन्न अनियमितताहरूको अध्ययन गर्नमै आफ्नो समय खर्च भइरहेको उल्लेख गरे ।
उनले तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले बतास समूहसँग सेटिङ गरी सस्तोमा जग्गा भाडामा उपलब्ध गराउनेदेखि विभिन्न निकायहरूमा बतास समूहसँग सम्बन्धित मान्छेहरूलाई राजनीतिक नियुक्ति दिलाएको आ’रो’प पनि लगाए ।
उनले भने – ‘पशुपतिमा धर्मशाला बनिसकेपछि त्यसको टेन्डर प्रक्रिया पनि पशुपति क्षेत्र विकास कोषको मिटिङ बसेर मिटिङले पास गरेपछि मात्र टेन्डर गर्न पाउने कुरा हो ।
परिषद्को मिटिङबाट त्यो पास पनि भएको छैन । हतार हतारमा टेन्डर निकालेर सेटिङमा त्यो पनि उहाँले लिनुभएछ । हेर्दाखेरी सबै प्रक्रिया ग’ल’त छ ।
उहाँ बतासकै पार्टनर रहेछन् डिमप्रसाद पौडेलजी । त्यही मान्छेलाई ल्याएर योगेश भट्टराईजीले के गर्नुभयो, निगमको एमडी बनाउनुभयो ।
बतासलाई यता धर्मशाला बुझाउनुभयो । यता ल्याएर निगमको एमडी बनाउनुभयो । बतास र धनन्जय रेग्मी पार्टनर । अनि उहाँलाई ल्याएर पर्यटन बोर्डको सिइओ बनाउनुभयो ।
कस्तो सेटिङ हेर्नुस् । अनि कसरी बन्छ त हाम्रो देश ? सबभन्दा बढी यसको गल्ती भनेको म आफैँलाई भन्छु, नेताहरूले गर्दा खेरी हाम्रो देश बि’ग्रि’एको ।
नेताहरूको चरित्र असल भएको भए यो नेपाल अहिले यो अवस्थामा हुन्थेन । जम्मै नेताहरूको कु’दृ’ष्टिको कारणले गर्दा भएको हो ।
यो देश बिग्रिने पहिलो कारण भनको पोलिटिसिएन । सेकेण्ड चाहिँ ब्युरोक्रयाट पनि होलान् । तर सबभन्दा बढी दो’षी भनेको पोलिटीसिएन हुन् ।’
उनले मन्त्रीहरुले राजनीतिक नियुक्ति दिलाउनको लागि बार्गेनिङ गर्ने गरेको देखेको पनि बताए । मन्त्रीसँग आर्थिक बार्गेनिङ गरेर नियुक्त भएको मान्छेले काम नगर्ने र पैसा कमाउने मात्रै उद्देश्य राख्ने पनि उनले उल्लेख गरे ।
उनले भने – ‘कतै चहिच्किचाएर म भन्न चाहान्छु, मन्त्रीहरू कतिपय मैले के देखेको छु भन्दाखेरी कुनै राम्रो लाभको पदमा पठाउनुपर्यो भने पहिल्यै बार्गेनिङ हुँदोरैछ त्यहाँ ।
अनि बार्गेनिङ भइसकेपछि उसले किन काम गर्छ त ? उसको मुख्य लक्ष्य हुन्छ कसरी कमाउने ? किनकि उसले त बुझाएर आएको हुन्छ नि त । उसको इन्ट्रेस्ट त त्यो हुन्छ नि ।’
मन्त्री आलेले सबै अप्ठ्यारो कानुनहरूलाई संशोधन गरेर पर्यटन क्षेत्रको प्रवर्द्धन गर्नुपर्ने बताए । सरकारले पर्यटकीय क्षेत्रको नयाँ
गन्तव्य खोजी भइरहेको भन्दै उनले सो गन्तव्यहरूको विश्वभर प्रचार प्रसार गरेर धेरै भन्दा धेरै पर्यटक भित्राउनुपर्नेमा जोड दिए ।