काठमाडौं –
झापास्थित बिएण्डसी अस्पतालका बारेमा एक सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डनका लागि अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले
पत्रकार सम्मेलन गरेर पत्रकारहरूलाई सार्वजनिक रूपमा ध म्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले ग म्भी र ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघ झापा शाखाका अनुसार कार्यकारी निर्देशक प्रसाईले अस्पतालबारे एक सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्न माघ १९ गते
पत्रकार सम्मेलनको आयोजना गरी पत्रकारहरूलाई सार्वजनिक रूपमा ठाडो ध म्की दिएका थिए । महासचिव रोशन पुरी द्वारा जारी विज्ञप्तिमा भनिएको छ,
कुनै पनि सञ्चारमाध्यममा सम्प्रेषित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो रहे त्यस उपर कानुनी उपचार खोज्न सकिने प्रावधान र स्थापित पद्धति छ ।
यसलाई बेवास्ता गर्दै अस्पतालजस्तो संवेदनशील निकायका जिम्मेवार व्यक्तिबाट पत्रकारलाई सार्वजनिक रूपमा ठाडो ध म्की दिनु आ प त्ति जनक हुनुका
साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता वि रो धी काम हो । महासंघ पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्र सि त बनाउने गरी ध म्की दिनेलाई कानुनी का र बा ही गरी सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ ।
यो पनि : राहदानी विभागको अनलाइन फर्म कीर्ते गरेको आरोपमा तीन जना प क्रा उ परेका छन्। बिहीबार दिउँसो १३:०० बजेतिर काठमाडौं
महानगरपालिका-११ त्रिपुरेश्वररस्थित राहदानी विभागको हाता बाहिर अनलाइन फर्मको कीर्ते गरी सेवाग्राहीहरुबाट रकम असुल
गरेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको टोली प क्रा उ गरेको हो।
प क्रा उ सिन्धुपाल्चोक जुगल गाउँपालिका-७ घर भई हाल काठमाडौं सोल्टिमोड बस्ने ३५ वर्षीय दिनेश तामाङ, लम्जुङ बेसीसहर गाउँपालिका-११
घर भई हाल टोखा बस्ने ४० वर्षीय नविनकुमार श्रेष्ठ र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ चनौटे घर बताउने ३६ वर्षीय यमबहादुर थापा मगर रहेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुको साथबाट ४० हजार नगद, कम्प्युटर, ल्यापटप र प्रिन्टर एक/एक थान तथा कीर्ते गरिएका कागजपत्र ५० थान बरामद गरिएको छ।
यस सम्बन्धमा मुलुकी अ’प’राध (संहिता)२०७४ को परिच्छेद-२५ अन्तर्गत दफा २७६ को ‘कीर्ते गर्न नहुने’ कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको अनुमति लिएर थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।