काठमाडौं –
तीन जनाको ह त्या आ रो प मा प क्रा उ परेका अनिलकुमार मण्डलले ह त्या जग्गा किनबेच गर्दा आउने कमिसनका कारण भएको प्रारम्भिक बयान दिएका छन् ।
अ’प’रा’ध महाशाखा काठमाडौं र मोरङ प्रहरी समक्ष दिएको प्रारम्भिक बयानमा ह त्याको कारण जग्गाको बैना वापत आउने कमिसन नै रहेको आ’रो’पी’ले बताएका हुन् ।
प्रहरी स्रोतका अनुसार यी चारजना जग्गा व्यवसायीको समूहले झापामा ५० करोडको जग्गा बै’ना गराएको थियो । जग्गा कसले कसलाई गराएको स्पष्ट नभएपनि
५० करोडको जग्गा बैना गराएवापत ३ प्रतिशतले हुन आउने डेढ करोड रुपैयाँ कमिसन आउने पक्कापक्की भएको थियो । तर कमिसनका
विषयमा लिम्बुले धेरै भाग खोजेपछि कमिसन एकलौटी पार्ने उद्देश्यका साथ मण्डलले पहिले लिम्बु र पछि अन्य दुई जनाको ह त्या गराएका थिए ।
प्रहरी स्रोतका अनुसार जग्गाको कमिसनको विषयमा कुरा नमिलेपछि मण्डलको समूहले मंसिर २८ गते लिम्बुलाई ललितपुरको धापाखेलमा बोलाएर ह त्या गरेको थियो ।
उक्त ह’त्या’का’ण्डको पोल खुल्ने ड’रले पछि मण्डलको समूहले राजेन्द्र कुमार श्रेष्ठलाई पुषको ५ गते र शम्भु चौधरीलाई पुषको ७ गते मोरङमा ह’त्या गरेका थिए ।
त्यसपछि श व वे’पत्ता बनाउन लिम्बुको श’व धापाखेलकै एक घरको कम्पाउन्ड र श्रेष्ठ र चौधरीको श व मोरङको धनपालथान गाउँपालिका
७ कमलपुरमा रहेको उखुबारीमा खाल्डो खनेर गाडिएको थियो । छिटो श व गलाउनका लागि उनीहरुले सबै स्थानमा नुनको प्रयोग गरेका थिए ।
हत्याको आरोपमा प्रहरीले तत्काल तीन जनालाई प क्रा उ गरेको छ । पक्राउ पर्नेमा सिराहा नगरपालिका वडा नं २१ सिराहा घर भई बल्खु बस्ने ३१ वर्षीय अनिलकुमार मण्डल,
जहदा गाउँपालिका ४ सिस्वनी बस्ने वर्ष २९ को अमित साह भनिने दीनानाथ सोनार र धनपालथान गाउँपालिका ७ कमलपुर बस्ने ६२ वर्षीय नासिर आलम छन् ।
ह त्या मा अन्य केही नेपाली तथा भारतीय नागरिकको पनि संलग्नता रहेको र उनीहरु फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
मण्डलले चारजना भारतीय नागरिकलाई २० लाख रुपैयाँ दिएर श्रेष्ठ र चौधरीको ह त्या तथा श व व्यवस्थापन गर्न लगाएको प्रहरीले बताएको छ ।