मूर्ति चो र ‘गैरसांसद’ लामा मन्त्री बन्दै !

काठमाडौं

 हुम्ला जिल्ला अदालतको अभिलेखमा दर्ता नम्बर ४१० मा रहेको २०५१ मंसिर २५ गते फैसला भएको मु’द्दाको विवरण हो यो ।

२०४९ सालमा तिब्बतको खोचेरनाथ गुम्बाबाट मूर्ति चो’रेर ल्याएको अभियो’गमा यिनै कार्चेन लामा दो’षी ठहर भई कै’द र जरिवाना भुक्तान गरिसकेका व्यक्ति हुन् ।

उक्त मूर्ति १२ सय वर्ष पुरानो हो । हुम्लाका माओवादी नेता लामालाई उनको पार्टीले कर्णाली प्रदेश सरकारमा मन्त्री बनाउँदै छ ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीका अनुसार गैरसांसद ६ महिने मन्त्रीका लागि सिफारिस गरिएको हो । संविधानमा सांसद नभएको व्यक्तिलाई ६ महिना

मन्त्री बनाउन सकिने कानुनी छि’द्रबाट माओवादीले निर्वाचित प्रदेश सभा सदस्यहरूलाई बेवास्ता गर्दै फौ’जदारी आभियो’गमा जेल स’जाय भोगिसकेका व्यक्तिलाई मन्त्रीजस्तो उच्च पदमा नियुक्त गर्न लागेको हो ।

लामाले २०४९ कार्तिक २८ देखि २०५१ कार्तिक २७ गतेसम्म कैद सजा’य भुक्त्तान गरिसकेका छन् । प्रहरीले मु’द्दा दायर गरेपछि तत्कालीन जिल्ला

न्यायाधीश निलकण्ठ उपाध्यायले २०५१ मंसिर २५ गते उनीसहित छिरिङ पाल्देन लामासमेतलाई दुई/दुई वर्ष कै’द र ५ र ५ हजार रुपैयाँ जरि’वानाको फैसला सुनाएका थिए ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार कार्चेनले आइतबार मन्त्रीको शपथ लिँदै छन् । कार्चेनलाई प्रचण्डको निर्देशनमा पार्टीको प्रदेश

कमिटी र प्रदेश सभा संसदीय दलले मन्त्रीको सिफारिस गरेपछि उक्त पार्टीका सांसदहरूले चर्को अस’न्तुष्टि जनाएका छन् ।

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले सांसद नभएकालाई मन्त्री बनाउनु संसद् र जनताको अपमान भएको बताएका छन् ।

उक्त निर्णय सच्याउन संसदीय दल पार्टी प्रदेश कमिटी र केन्द्रीय कमिटीलाई आग्रह गर्दै उनले भने, ‘गैरसांसद बनाउँदा क्षमतावान सांसदको मानमर्दन र यसले प्रदेशमा विकृ’ति र व्यथिति मौलाउने छ, यसको मुख्य जस माओवादीले लिनु पर्ने छ ।’

नेता विष्टले यो निर्णयलाई माओवादी आ’न्दोल’नमाथीको कलं’क भएको बताए । हाल कर्णाली प्रदेशमा माओवादी केन्द्रका १२ सांसद् छन् । तीमध्ये पाँच जना मन्त्री बन्न बाँकी छन् । अन्य सांसदहरू यसअघिका मन्त्रिपरिषद्‌मा सहभागी भइसकेका छन् ।

लामा भन्छन्- संविधानबमोजिम नै मन्त्री बन्दैछु

मन्त्री बन्ने तयारीमा रहेका लामाले संविधानले दिएको अधिकारअन्तर्गत आफू मन्त्री बन्न लागेको बताए । ‘ठूला नेताहरूले बनाएको संविधान हो‚’ उनले भने, ‘गैरसासंदलाई ६ महिना मन्त्री हुन पाउने लेखिएको छ ।’

यद्यपी आफूले कै’द जीवन बिताए पनि उनले आफूमाथिको अभि’योग (मूर्ति चो’री) सहि नभएको बताए । आफूलाई मन्त्री बनाउन जिल्ला,

प्रदेशदेखि केन्द्रसम्म पार्टीका नेताहरूले पहल गरेको लामाको भनाइ छ । मन्त्री बन्ने पक्का भएपछि उनी प्रदेश राजधानी सुर्खेत आइपुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...