काठमाडौं –
सभामुख अग्नि प्रसाद सापकोटाले अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसी अगाडि नबढाउने अडान राखेका छन ।
प्रधानमन्त्री शेरबहादुर देउवदेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल संगको भेटमा सभामुख सापटाले यस्तो अडान राखेका हुन ।
एमसीसी सम्झौता संसदमा दर्ता भएर रहेको छ । सरकारले चाहेको खण्डमा यो विषय संसदमा अगाडि बढ्न सक्छ । तर, सभामुख सापकोटा सरकारले चाहँदैमा एमसीसीलाई
सहज अगाडि बढ्न नदिने रणनीति अपनाएका हुन् । पछिल्लो समय प्रधानमन्त्री देउवाले सभामुखलाई प्रधानमन्त्री निवास वालुवाटार बोलाएर छलफल गरेका थिए ।
छलफलमा सभामुख सापकोटाले आफु गो’ली खात तयार रहेको तर, यथास्थितिमा एमसीसी अगाडि बढाउन तयार नरहेको जवाफ दिएका छन ।
१६ माघमा बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसीसी प्रस्ताव पेश गर्ने सरकारको तयारी थियो । तर, त्यसको दुई दिन अगावै १४ माघको विहानै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी निवास खुमलटार पुगे ।
उनले आफू संसदमै मर्न तयार रहेको, तर एमसीसी सम्झौता टेबल गर्न नदिने अडान सुनाए ।
‘शेरबहादुर देउवाको कुरा हामीले किन मान्ने ? म पेश गर्नै दिन्न, बरु त्यहीँ म’र्छु भन्नुभएछ,’ प्रचण्डको ब्रिफिङ सुनेका एक नेताले भने ।
त्यतिमात्रै होइन, सापकोटाले आफूविरु’द्ध सर्वोच्च अदालतमा विचाराधीन मु’द्दाका कारण अप्ठ्यारोमा पारिए पनि एमसीसी अघि बढ्नै नदिने अडान राखे ।
तर, प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी सम्झौता संसदमा टेबल गराउने प्रयासमा छन् । शनिबार मात्र सत्तारुढ चार दलका शीर्ष नेताहरुको बैठकमा १ फेब्रुअरीभित्र एमसीसी सम्झौता
संसदमा टेबल गर्ने भन्दै उनले सहमत नभए भोट नहाल्न सक्ने बताएका थिए । तर सभामुखको अडान बुझेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरुले प्रधानमन्त्री देउवालाई रोके ।
त्यसपछि १६ गतेका लागि डाकिएको संसदको बैठक १० दिन धकेलियो ।
यसअघि पनि सभामुख सापकोटाले एमसीसीमा सर्वदलीय र राष्ट्रिय सहमतिको कुरा गर्दै आएका थिए । पछिल्लो समय गठबन्धनमा सहमति भए पनि हुने बताउने गर्दथे ।
तर, गठबन्धनमा सहमति हुन्छ कि भन्ने त्रा’समा पुगेपछि उनले अब गठबन्धनमा सहमति भए पनि आफुलाई अध्ययन गर्न थप समय चाहिने बताएर एमसीसी रोक्न खोजेका हुन ।
यो पनि : एमसीसी परियोजना कार्यान्वयन गर्ने वा नगर्ने भन्ने विषयमा अहिले सत्ता गठबन्धन दलहरुबीच मतान्तर देखिएको छ। नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गर्नुपर्ने पक्षमा प्रष्ट देखिएका छन्।
यस विषयमा गठबन्धन घटककै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने प्रष्ट हुन सकेको छैन । पछिल्लो समय यही विषयमा प्रधानमन्त्री देउवाले पटक–पटक गठबन्धनका साझेदार दलहरुसँग छलफल गरिरहेका छन्।
एमसीसी लगायतका विषयमा प्रधानमन्त्रीले गरिरहेको छलफलका विषयमा बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छलफल गरेका थिए।
त्यसलगत्तै गृहमन्त्री बालकृष्ण खाणले कोटेश्वर पुगेर अध्यक्ष नेपालसँग पनि संवाद गरेका थिए। बिहान ११ बजे बालुवाटारमा प्रधानमन्त्रीले दाहाल र नेपालसँग भेटवार्ता गरेका थिए।
भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष दाहाल र समाजवादीका अध्यक्ष नेपाललाई अमेरिकी
सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा के–के विषय संशोधन गर्नुपर्छ भनेर सोधेका थिए।
‘आज बिहान हामीले एमसीसीका बारेमा छलफल गर्यौं। सो क्रममा प्रधानमन्त्रीले सुधार गर्नुपर्ने विषय के के हुन भनेर सोध्नुभयो,’
नेपालले भने, ‘देशका हितमा हुने कुरामा असहमति रहने कुरा नै भएन। बाँकी कुराहरु संशोधन गर्नुपर्छ भन्ने नै हाम्रो धारणा हो।’
अध्यक्ष नेपालले संशोधन गर्नुपर्ने विषय के के हुन् ती विषय उपलब्ध गराउन प्रधानमन्त्रीले भनेको जानकारी दिए।