काठमाडौं –
सिन्धुपाल्चोकका नेकपा एमालेका नेता तथा पूर्वसांसद सुवास कर्माचार्य नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा कर्माचार्यसहितका नेता कार्यकर्तालाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराए ।
२०५६ देखि २०६६ सालसम्म नेकपा एमालेको सिन्धुपाल्चोक जिल्ला सचिव रहेका कर्माचार्य २०५६ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
तत्कालिन नेकपा एमालेमा माधवकुमार नेपाल समूहमा रहेका उनी नेता नेपालले पार्टी विभाजन गरे पनि एमालेमै बसेका थिए ।
कर्माचार्यले बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली सच्चिन्छन् कि भन्ने आशाले एमालेमा बसे पनि त्यो सम्भव नहुने देखेपछि माधवकुमार नेपाललाई नै नेता मानेर आएको बताए ।
‘अब एमालेभित्र बसेर पार्टीलाई सच्याउने अवस्था रहेन, धुजाधुजा भएको कम्युनिस्ट आन्दोलन उठाउने अवस्था रहेन’ उनले प्रश्न गरे,
‘केपी ओली र उनका गलत कुराको साक्षी बसेर आत्मसमर्पण गरेर निरीह भएर त्यो पार्टीभित्र परिवर्तनको सपना देख्ने कि गल’त कुरा विरु’द्ध विद्रोह गर्ने ?’
यो पनि : नेकपा एमालेले राष्ट्रिय सभाको चुनावमा अन्तर्घात गर्नेलाई कारबा’ही गर्ने भएको छ ।
बुधवार भक्तपुरको गठ्ठाघरमा रहेको एक पार्टी प्यालेसमा सम्पन्न केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले राष्ट्रिय सभा सदस्य चुनावमा प्रदेश १ र सुदूरपश्चिममा भएको अनुशासन उल्लङ्घन एवम् अन्तर्घा’तको छानबिन गर्न कारबा’हीका लागि सिफारिस गर्न प्रदेशलाई निर्देशन दिएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
केही दिन अगाडि पार्टी छाड्नुभएकी तुलसीपुर उपमहानगरपालिकाकी उपमेयरलाई निष्कासन गर्ने निर्णय सचिवालय बैठकले गरेको जानकारी दिँदै प्रचार विभाग प्रमुख गुरुङले रौतहट र पर्सामा
जिल्ला अधिवेशनमा देखिएको विवा’द समाधान गर्न केन्द्रीय सङ्गठन विभागलाई जिम्मेवारी दिइएको जानकारी दिनुभयो ।
यस्तै सरकारले स्थानीय तहको मिति भोलि बिहीवारसम्म नतोके सातै प्रदेश र केन्द्रबाट दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
बैठकले यसै हप्ता केन्द्रमा प्रशिक्षण कार्यक्रम गर्ने, प्रदेशमा पनि कार्यक्रम सञ्चालन गर्ने, आफूहरूले गरेको राम्रा कामको प्रचार गर्दै स्थानीय तह चुनाव जित्ने रणनीतिका साथ अगाडि बढ्ने गुरुङले जानकारी दिनुभयो ।
बैठकले महिला, युवा, विद्यार्थी र किसान महासङ्घबाहेकका अन्य जनसङ्गठनको महाधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेको, पार्टीको नियमावली, जनसङ्गठनको निर्देशिका पारित गरेको र सहकारी तथा स्थानीय निकाय विभागमा सदस्य थप्ने निर्णय गरेको
उहाँले जानकारी दिनुभयो । चैत महिनासम्म पार्टी सदस्यता वितरण र नवीकरण गरिसक्ने निर्णय गर्दै बैठकले पार्टी सदस्यतासम्बन्धी अभिलेख राख्न प्रत्येक जिल्लामा आइटी विज्ञ राख्ने एमालेले निर्णय गरेको छ ।