काठमाडौं –
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताका सन्दर्भमा सत्तारुढ गठबन्धनले भूराजनीतिक द्व’न्द्व निम्त्याउन खोजेको आ’रो’प लगाएका छन्।
युवा संघले आयोजना गरेको स्थानीय तह निर्वाचन, संवैधानिक व्यवस्था र अबको राजनीति विषयक खुला बहस कार्यक्रममा बोल्दै ज्ञवालीले एमसीसी विकास परियोजना भएको बताए।
‘अहिले मुलुक अप्ठ्या’रो स्थितिमा छ। यही बेला सत्तामा रहनुभएका नेताहरु जानी जानी एकखालको भू–राजनीतिक द्व’न्द्व निम्त्याउदै हुनुहुन्छ,’ ज्ञवालीले भने।
उनले एमसीसी एउटा विकास परियोजना भएको भन्दै अहिले जानी जानी भू-राजनीतिक प्रतिस्पर्धाको विषय बनाउने काममा सत्ता गठबन्धनका नेताहरु लागि रहेको बताए।
ज्ञवालीले एमाले कसैको बैशाखी टेकेर चुनावमा नजाने भन्दै एक्लै ल’ड्न तयार रहेको बताए। ‘स्थानीय तहको निर्वाचन समयमा नै हुनुपर्छ। एमाले एक्लै ल’ड्छ।
चुनाव सामना गर्न कसैको बैशाखी टेक्नुपर्ने जरुरत छैन। एक्लै लड्न तयार छ,’उनले भने,‘हामी कसैलाई काँधमा बोकेर हिँड्ने अवस्थामा छैन,’ ज्ञवालीले भने।
कार्यक्रममा सहभागी रहेका कांग्रेस नेता मिनेन्द्र रिजाललाई संकेत गर्दै उनले नेपाली राजनीतिको फोहोर सुधार्नका लागि भए पनि आगामी तीनै तहका निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले एक्लाएक्लै ल’ड्नुपर्ने धारणा राखे।
‘यो त्यसै पनि अपवित्र गठबन्धन हो। योसँग एमालेलाई कुनै खालको भय छैन,’उनले भने। उनले स्थानीय तहको निर्वाचन नगर्नका लागि संविधान भित्रको छिद्र पैलाउने काम भइरहेको बताए।
‘स्थानीय तहलाई कमजोर बनाउनका लागि हिजोदेखि नै विभिन्न काम भए। अहिले पनि केही शक्ति स्थानीय तहलाई त्यस्तै बनाउन खोजिरहेका छन्,’ उनले भने।
यस्तै एमसीसी परियोजना कार्यान्वयन गर्ने वा नगर्ने भन्ने विषयमा अहिले सत्ता गठबन्धन दलहरुबीच मतान्तर देखिएको छ। नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गर्नुपर्ने पक्षमा प्रष्ट देखिएका छन्।
यस विषयमा गठबन्धन घटककै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने प्रष्ट हुन सकेको छैन । पछिल्लो समय यही विषयमा प्रधानमन्त्री देउवाले पटक–पटक गठबन्धनका साझेदार दलहरुसँग छलफल गरिरहेका छन्।
एमसीसी लगायतका विषयमा प्रधानमन्त्रीले गरिरहेको छलफलका विषयमा बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छलफल गरेका थिए।
त्यसलगत्तै गृहमन्त्री बालकृष्ण खाणले कोटेश्वर पुगेर अध्यक्ष नेपालसँग पनि संवाद गरेका थिए। बिहान ११ बजे बालुवाटारमा प्रधानमन्त्रीले दाहाल र नेपालसँग भेटवार्ता गरेका थिए।
भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष दाहाल र समाजवादीका अध्यक्ष नेपाललाई अमेरिकी
सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा के–के विषय संशोधन गर्नुपर्छ भनेर सोधेका थिए।
‘आज बिहान हामीले एमसीसीका बारेमा छलफल गर्यौं। सो क्रममा प्रधानमन्त्रीले सुधार गर्नुपर्ने विषय के के हुन भनेर सोध्नुभयो,’
नेपालले भने, ‘देशका हितमा हुने कुरामा असहमति रहने कुरा नै भएन। बाँकी कुराहरु संशोधन गर्नुपर्छ भन्ने नै हाम्रो धारणा हो।’
अध्यक्ष नेपालले संशोधन गर्नुपर्ने विषय के के हुन् ती विषय उपलब्ध गराउन प्रधानमन्त्रीले भनेको जानकारी दिए।