सामाखुसीमा मेनपावर सञ्चालकबाट युट्युबर कु टि ए

काठमाडौँ –

काठमाडौँको सामाखुसी स्थित ट्रिपल स्टार मेनपावरमा गएका युट्युबरलाई मेनपावर सञ्चालक र उनका समर्थकले नि’र्घात कु’टेका छन् ।

विवा’दको क्रममा हात हालाहाल हुँदा ३ जना घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए ।

वैदेशिक रोजगार सम्बन्धी विषयमा वि’वाद हुँदा मेनपावर सञ्चालक र समर्थक युट्युबरमाथि जाइ’लागेका थिए । कुटपि’टबाट मेचिङ नेपाल

च्यानलमा कार्यरत ३४ वर्षीय दिपेश राज पाण्डे, ४२ वर्षीय हरि प्रसाद पाठक र ३५ वर्षीय दशरथ भण्डारी घा’इते भएका छन् ।

मंगलबार दिउँसो मेनपावरबाट पी’डित भएकाहरूको साथमा युट्युबरहरु टोखा नगरपालिका–१४ स्थित मेनपावरको कार्यालयमा पुगेका थिए ।

घाइतेहरूको बसुन्धारास्थित ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे कसैले उजु’री नगरेको र महानगरीय प्रहरी वृत्त महाराजगञ्जले

अनुसन्धान गरिरहेको एसपी मैनालीले बताए । मेनपावरका पदाधिकारी र युट्युबरको बिचमा एक आपसमा वि’वाद हुँदा हात हालाहाल भएको थियो ।

यो पनि : भारत सरकारले वित्त वर्ष २०२२/२३ मा नेपाललाई अनुदान दिने गरी ७ अर्ब ५० करोड भारतीय रुपैयाँ (१२ अर्ब नेपाली रुपैयाँ) बजेट छुट्याएको छ ।

यो अघिल्लो वर्षको बजेटमा छुट्याइएको रकम भन्दा कम हो । गत वर्षको बजेटले ९ अर्ब ९२ करोड भारु छुट्याएको थियो । सो वर्ष यो रकम संशोधन गरी भारतले ६ अर्ब ५० करोड भारुमा झारेको थियो ।

त्यसो त वित्त वर्ष २०२०/२१ मा भारतले ८ अर्ब ७९ करोड भारु रकम नेपाललाई अनुदान दिएको थियो ।

भारतीय वित्तमन्त्री निर्मला सीतारमणले मंगलबार प्रस्तुत गरेको वित्त वर्ष २०२२/२३ को बजेटमा विदेश मन्त्रालय अन्तर्गत भारतले मुलुकहरुलाई दिने अनुदान रकम छुट्याएको हो ।

भारतले सबैभन्दा धेरै अनुदान भुटानलाई छुट्याएको छ । भुटानलाई २२ अर्ब ६६ करोड भारु दिने भएको छ । भारतले अफगानिस्तानलाई २ अर्ब,

बंगलादेशलाई ३ अर्ब, श्रीलंका २ अर्ब, माल्दिभ्सलाई ३ अर्ब ६० करोड, मंगोलियालाई १२ करोड र अफ्रिकी मुलुकलाई २ अर्ब ५० करोड भारतीय रुपैयाँ छुट्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...