एमसीसी पास नगर्न भन्दै प्रधानमन्त्रीसहित नेताका नाममा भीम रावलकाे खुला स्मृति-पत्र

काठमाडौं – 

नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) संसदबाट पास नगर्न भन्दै

प्रधानमन्त्री शेरबहादुर देउवासहित केही नेताहरुका नाममा खुला स्मृति–पत्र लेखेका छन् । सोमबार राजधानीमा आयोजित कार्यक्रममा

बुँदागत रुपमा लेखिएका स्मृति–पत्र पढ्दै कुनै पनि हालतमा नेपालमा एमसीसी नेपालमा पारित नगर्न रावलले भनेका छन् ।

उनले भनेका छन्, ‘आजसम्म कुनै पनि देशसँग भएका सम्झौता संसदमा अनुमोदनका लागि पेश भएका वा पारित भएका छैनन् ।

एमसीसीसँगको सम्झौतामात्र त्यसो गर्नुपर्ने किन ? यदि यो सम्झौता संविधानको धारा २७९ अन्तर्गत अनुमोदन गर्र्नुपर्ने हो भने दुई तिहाइ बहुमतको आवश्यकता हुन्छ ।

नेपालले अन्य देशहरुसँग पनि पूर्वाधार विकासको लागि ठूलो ऋण र अनुदान लिने गरेको छ । अरु देशले पनि अब उप्रान्त सम्झौता नेपालको

संसदबाट अनुमोदन हुनुपर्ने माग गरेमा के हुन्छ ? यसको उत्तर नेपाली जनतालाई दिनुपर्छ कि पर्दैन ?’ नेता रावलले दुई स्वतन्त्र देशहरुका बीचमा पारस्परिक

समानता र हितमा आधारित नभई असमान रहेको पनि खुला पत्रमार्फत भनेका छन् । यस योजना एमसीसीको सहभागिता र मार्गनिर्देशनमा

नेपाल ग्रोथ डाइग्नोस्टिक भन्ने प्रतिवेदन तयार पारेर त्यसैको आधारमा गरिएको पनि उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...