नेपालमा एमसीसीको चर्को वि रो ध भएपछि एमसीए नेपालले यस्तो भन्दै खोले मुख, सबै चकित !

काठमाडौं-

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए नेपाल)ले एमसीसी नेपाल कम्प्याक्ट सम्बन्धी कुनै पनि ‘गोप्य’ अथवा लुकाइएको दस्तावेज नभएको प्रष्ट पारेको छ।

अर्थ मन्त्रालय अन्तर्गतको एमसीए नेपालले मंगलबार विज्ञप्ति जारी गर्दै एमसीए-नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था भएको र सार्वजनिक

महत्वका सम्पूर्ण दस्तावेजहरू आफ्ना वेबसाइट तथा अन्‍य माध्‍यमबाट सार्वजनिक गरिएकाले उक्त आरोपहरु निराधार भएको प्रष्ट पारेको हो ।

पछिल्लो समय सत्तारुढ गठबन्धनका नेता झलनाथ खनालले एमसीसीसम्बन्धी लुकाइएका केही सम्झौताहरु आफूहरुले फेला पारेको भन्दै

विभिन्‍न सञ्‍चार माध्यमहरुमा अन्तर्वार्ता दिएको समाचारहरु आएपछि त्यसको खण्डन गर्दै एमसीए नेपालले कुनै फाइल गोप्य राखिनु वा लुकाउनु पारदर्शिताप्रतिको

प्रतिबद्धता विप’रीत हुने भन्‍दै कुनै पनि दस्तावेज नलुकाइएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा एमसीए नेपालले भनेको छ, ‘… एमसीए नेपाल

नेपाल सरकारको जिम्‍मेवार निकाय भएको र एमसीसी नेपाल कम्प्याक्ट नेपालको आर्थिक हितका लागि सरकारबाट कार्यान्वयन गर्न लगिएको

सम्झौता भएकाले यससम्बन्धि कुनै पनि दस्तावेज गोप्‍य राखिनु वा लुकाउनु एमसीए नेपालको पारदर्शिताप्रतिको प्रतिवद्धता विप’रीत हुन्छ।

साथै सरकारबाट स्वीकृत सार्वजनिक दस्तावेज ‘वातावरणीय प्रभाव मूल्‍यांकन प्रतिवेदन’लाई समेत गोप्‍य भन्‍नु आफ्नै देशका निकायहरुको उपेक्षा गर्नु हो ।

यस्ता गल’त सूचनामा विश्‍वास नगर्न र नगराउन अनुरोध छ ।’

हेर्नुस् विज्ञप्ति 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...