एमसीसीलाई लिएर बाबुराम र भीम रावलको जुहारी, सामाजिक सञ्जालमा भा इ र ल !

काठमाडौँ – 

अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर दुई ‘डाक्टर’ नेताबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ । पूर्व प्रधानमन्त्री एवं

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र एमाले नेता डा. भीम रावलबीच आ’रोप प्रत्यारोप चलेको हो ।

डा. भट्टराईले आफूमाथि गलत आ’रोप लगाएको भन्दै डा. रावलको पीएचडी कतै नक्कली त हैन भनी आशं’का गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता लेख्दै डा.भट्टराईले आफू प्रधानमन्त्री भएका बेला एमसीसी सम्झौता भएको भनेर डा रावलले गल’त आ’रोप लगाएको बताए ।

उनले भनेका छन्, ‘यी कण भीम रावलले पीएचडी गरेको भनेर नाउँको अगाडि डा. पनि झुन्ड्याउँछन्, विद्यावारिधि गर्दा कसैबारे कुनै

दाबी गरियो भने त्यसको स्रोत, मिति र स्थान खुलाउनुपर्छ । उनले दाबी गरेजस्तो बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको ? हो भने कहिले, कहाँ, कसरी खुलाउनु पर्दैन ? कि यी नक्कली पीएचडी हुन् ?’

त्यसअघि डा. रावलले सांसदहरूलाई स्मृति पत्र भन्दै एक सन्देश जारी गरेका थिए, जसमा डा. भट्टराईले गोप्य रुपमा एमसीसी सम्झौता गराएको आरो’प समेत थियो ।

उनले भनेका थिए, ‘हामी संविधान निर्माण र शान्ति प्रक्रियाको काम टुंगो लगाउनमै व्यस्त थियौं, बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गर्नुभएको हो । त्यो प्रतिनिधि सभामा पेस भएपछि मात्रै एमसीसीबारे मैले थाहा पाएको हुँ ।’

बाबुराले गाेप्य रूपमा सम्झाैता गरेकाे भन्ने डा.रावलकाे आरोप तथ्यसहित पुष्टि गर्न उनले चुनाै’ती दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...