काठमाडौं –
नेकपा एमालेका नेता डा. भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न मन लागे जस्तो देखिएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. रावलले भने, “हाम्रो संविधानले राष्ट्रपति वा प्रधानमन्त्री कसैलाई पनि कानुनभन्दा माथि राखेको छैन ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच राजनीतिक विषयमा छलफल हुन सक्छ । तर राष्ट्रपतिलाई कार्यकारी अधिकार छैन । न निर्वाचन आयोगले वक्तव्यबाजी
गर्न मिल्छ, न त राष्ट्रपतिले पत्र पठाउन मिल्छ । यहाँ त सबैलाई (स्थानीय तहको) उम्मेदवार बन्न मन लागेजस्तो देखियो ।”
एमाले नेता डा. रावलले स्थानीय तहको निर्वाचन समयमै नगरे आ’न्दोलन गर्ने वा नगर्ने पार्टीको निर्णयमा भर पर्ने बताए । उनले भने, “जसले भने पनि स्थानीय तह निर्वाचनका लागि संविधान र ऐन कानुन बाझिएको छैन ।
संविधानले गाउँ सभा र नगरसभा गठनमा ६ महिनाभन्दा बढी ढिला नहोस् भनेको मात्र हो । राजनीतिक नेताहरु त्यो बेला हामीले गरेका छलफलको बेवास्ता गर्नुभयो कि बिर्सिनुभयो ?”
उनले एमालेको संसद् अवरो’धको कुनै औचित्य नभएको पनि औंल्याए । उनले थपे, “संसद् अवरो’ध गर्ने हो भने सरकारका कामकारबाही रोकिनुपथ्र्यो । कि त शतप्रतिशत अवरोध हुनुुपथ्र्यो, कि सांसद जनताको मु’द्दा उठाउन दिनुपर्थ्यो ।”
डा. रावलले एमसीसी जस्ताको तस्तै पारित गर्यो भने मुलुक पराधीन हुने ठोकुवा पनि गरे । उनले भने, “नेपालको अस्थिरता, गरिबी, संस्कार
हेर्दा कतै यो मुलुकलाई असफल राष्ट्र बनाउन कसैले साँचो घुमाइरहेको त छैन ? कुनै देशमा न्यायालय यस्तो हुन्छ ? यहाँका विभिन्न पात्रहरु विदेशीको गोटी बनिरहेका छन् ।”
हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा आफूमाथि अन्तर्घा’त गरेको आरोप लगाउनु मूढ बुद्धिको उपज भएको उनले दाबी गरे । डा. रावलले भने, “सुदूरपश्चिम प्रदेशमा एमालेले जित्ने कुनै अवस्था थिएन ।
यस्तो अवस्थामा मैले अन्तर्घा’त गरेर हरायो कसैले भन्छ भने त्यो भनेर हराएँ भने त्यो मूढ व्यक्तिको सोच हो । यसले एमाले भूमिका कमजोर बनाउँछ ।”
उनले पार्टी छाड्ने, अर्को पार्टीमा जाने वा नयाँ दल खोल्ने कुरा नसोचेको पनि बताए । उनले थपे, “म नेकपा एमालेको सदस्य हुँ र प्रतिनिधिसभाको सदस्य छु ।
एमालेभन्दा अरु पार्टी जाने सोचेको पनि छैन । केही व्यक्तिलाई छिटो गैदिए खिचडीमा स्वादमा आउँछ भन्ने होला । त्यसमा मेरो केही भन्नु छैन ।”