काठमाडौं –
युक्रेन मामलामा यु’द्धउन्मुख स्थिति पैदा भएको र अमेरीका सहित पश्चिमा देशहरुले घेराबन्दी गरीरहेका बेला रुसले विश्वकै सबै भन्दा ठूलो
परमा’णु पनडु’ब्बी तयार भएको जनाएको छ । रुसी समाचार एजेन्सी तासका अनुसार सन् २०२२ भित्रै नौसेनामा सामेल हुन सक्नेछ ।
६०४ फिट लामो यो सबमरिनले एउटा सानो आकारको सबमरिन र ड्रोन विमान बोक्न सक्छ । १४ हजार ७०० टन वजन भएको यो सबमरिनले दुई मेघाटन वजनको पर’माणु ब’म प्रहा’र गर्न सक्छ ।
जुन ब’म हिरोसिमामा १९४५ मा अमेरीकाले प्र’हार गरेको बम भन्दा १३० गुणा ठूलो हो ।
परमाणु उर्जाबाट चल्ने यो सबमरिन एशिया प्रशान्त महासागर स्थित रुसी सैन्य अड्डामा तैनाथ गरिने बताईएको छ । यसले समुन्द्री ईन्टरनेट
केबलको तार काटेर विभिन्न देशको सञ्चार सम्पर्क बिच्छेद गरिदिन सक्छ । संसारको कुनै पनि शहरलाई क्षणभरमै तह’स न’हस बनाउन सक्छ ।
यसलाई दु’ष्मनको कुनै पनि सबमरिनले पिछा गर्न र हमला गर्न लगभग असंभव छ । यो सोभियत संघको विघ’टन पछि अहिले शक्तिमा
आँउदै गर्दा रुसले तयार पारेको सबै भन्दा महावि’नाशक ह’तिया’र भएको बताईएको छ । यो सबमरिन अमेरीकासँग सैन्य टकराबको स्थितिमा रुसले प्रयोग गर्न सक्ने आंकलन गरिएको छ ।