काठमाडौं –
अध्यागमन विभागको अध्यागमन कार्यालय त्रिअबिले कार्यालय समयमा व्यक्तिगत मोबाइल प्रयोगमा रोक लगाएको छ।
अध्यागमन कार्यालयमा सामाजिक सुधार गर्न यस्तो निर्णय भएको प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाहीले जानकारी दिए।
उनका अनुसार कार्यालय समयमा डीओ र एओ कक्षमा ल्यान्डलाइन र अफिसियल मोबाइलमात्र प्रयोग गरी अध्यागमनको काम गर्न निर्देशन दिइएको छ।
त्यस्तै कार्यालय आउने वितिकै आफ्नो मोबाइल लकरमा राख्नुपर्ने र कार्यालय प्रायोजनको लागि मोबाइल र सीमको आवश्यकता परे सोको व्यवस्था गर्ने निर्णय भएको शाहीले बताए।
अत्यावश्यक काम परेमा वरिष्ठ अध्यागमन अधिकृतको जानकारीमा ल्याई स्वीकृति भएपछि मात्र गर्ने बताइएको छ।
यो पनि : को भि ड–१९ सं क ट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले माघ मसान्तसम्म विद्यालयमा भौतिक रुपमा हुने पठनपाठनमा लगाइएको रोक कायमै राख्न सिफारिस गरेको छ।
शुक्रबार बसेको सीसीएमसीसी बैठकले माघ मसान्तसम्म वैकल्पिक शिक्षण सिकाइका शैलीबाट पठनपाठन जारी राख्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको हो।
को रो ना सं क्र म ण तीव्र फैलिरहेकाले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न नदिने सिफारिस भएको प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो।
खोप लगाउने अवस्थामा मात्र विद्यालय खोल्न पाउने तर पठनपाठन गर्ने गरी विद्यालय सञ्चालनमा लागाईको रोक कायम राख्न सिफारिस गरिएको उहाँको भनाइ छ।
बैठकले विश्वविद्यालयका परीक्षालाई चाहिँ स्वास्थ्य मापदण्ड पालना गर्दै संचालन गर्न अनुमति दिन सिफारिस पनि गरेको छ।