काठमाडौं –
मौसम बदलिसँगै भाईरल ज्वरो ब्यापक रुपमा फैलिँदै गएको छ । भाईरल फैलिनुको कारण नै मौसममा आउने परिवर्तन हो। भाईरलले
हाम्रो रो’गसँग ल’ड्ने क्षमतलाई कमजोर बनाईदिन्छ । यो एक व्यक्ति देखि अर्को व्यक्तिमा निकै छिटो सर्ने गर्दछ। भाईरल सं’क्र’म’ण व्यक्तिलाई घाँटी
दुख्ने, खोकी लाग्ने, टाउको दुख्ने, शरीरको जोर्नी दुख्ने, वान्ता हुने, टाउको तात्ने, आँखा रातो हुने जस्ता लक्षण देखिन्छ। म’हा’मा’रीको रुपमा फैलिने भा’ई’र’ललाई घरमा नै सहज उपचार गर्ने विधिको बारेमा आज हामी जानकारी दिनेछौँ ।
१. बेसार र सुकेको अदुवाको धुलो:
अदुवामा रोगसँग लड्ने गुण पाइन्छ जसले ज्वरोलाई ठीक गर्छ । एक चम्चा मरिचको धुलो, एक चम्चा बेसारको धुलो र एक चम्चा अदुवाको
धुलोलाई एक कप पानीमा राखेर थोरै चिनीसँग उमाल्ने । उमालेर आधा जति पानी सुकेपछि बाँकी भएको पानीलाई सेलाएर पिउनाले भाईरल ज्वरोबाट मुक्ति पाईन्छ।
२. तुलसीको प्रयोग:
एक चम्चा ल्वाङको धुलोसँग १० देखि १५ वटा तुलसीको ताजा पातलाई एक लिटर पानीमा राखेर उमाल्ने। पानीलाई यति उमाल्नुहोस् कि जब सम्म सुकेर आधा नहोस् ।
यसरी तयार भएको पानीलाई चिसो बनाएपछि प्रत्येक एक घण्टाको अन्तरालमा पिउने हो भने भाईरलबाट छिटै मुक्ति मिल्छ।
३. धनियाँको चिया:
धनियाँलाई स्वास्थ्यको लागि पनि धनी मानिन्छ । त्यसैले यसलाई भाईर’ल ज्वरो र अन्य रो’गको समाधानको लागि पनि प्रयोग गरिन्छ ।
भाईरल ज्व’रोलाई साम्य पार्न धनियाँको चिया पिउनु उपयुक्त हुन्छ।
४. मेथीको पानी:
हरेकको भान्छामा सजिलै उपलब्ध हुने गर्छ मेथी । एक कप मेथीको दानालाई रातभर भिजाउने र बिहान उठेपछि यसलाई छानेर हरेक घण्टामा मेथी भिजाएको पानी पिउने गर्नाले भाईरलबाट छिटै आराम मिल्छ।
५. कागती र मह:
कागतीको रस र महले पनि भाईरल ज्वरोलाई कम गर्छ । त्यसैले महसँग कागतीको रस मिसाएर खाने गर्नुपर्दछ।






















