एमालेको ‘सर्मनाक’ हार लुकाएर खुसी मनाउँदै शंकर पोखरेल 

काठमाडौँ-

राष्ट्रिय सभाको निर्वाचनमा १९ सिटमध्य १ सिट मात्र जितेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनको परिणामले

आगामी निर्वाचनमा गठबन्धन कमजोर हुने र आफ्नो पार्टी सुदृढ हुने आधार देखिएको टिप्पणी गरेका छन् । पोखरेलले एमालेका अधिकांश उम्मेदवारले

आफ्नो दलीय भोटभन्दा बढी मत प्राप्त गर्न सफल भएको र गठबन्धनका उम्मेदवारले मतभारभन्दा कम मत प्राप्त गरेको पोखरेलले जिकिर गरेका छन् ।

उनले कार्यकर्तालाई सहानिभुती दिने शैलीमा सामाजिक सञ्जालमा एमालेको हार लुकाएर गठबन्धन कमजोर बनेको भन्दै खुसी मनाएका छन् ।

महासचिव पोखरेलले वामपन्थी सरकार ढालेर काँग्रेसलाई सरकारको नेतृत्व सुम्पेको नजराना स्वरूप प्रचण्ड र माधव नेपालहरुले आफ्नो दलीय हैसियतभन्दा अतिरिक्त लाभ हासिल गरेको पनि पोखरेलले बताएका छन् ।

सामाजिक सञ्जालमा पोखरेलले लेखेका छन्: –

राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने षडयन्त्रको अन्तिम भोज बन्न पुगेको छ । किनकि बहुमतको वामपन्थी सरकार

ढालेर काँग्रेसलाई सरकारको नेतृत्व सुम्पेको नजराना स्वरूप यस चुनाव मार्फत प्रचण्ड र माधव नेपालहरूले आफ्नो दलीय हैसियत भन्दा अतिरिक्त लाभ हासिल गरेका छन् ।

तर पनि यस निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवारले गठबन्धनको मतभारभन्दा कम मत प्राप्त गरेका छन् । नेकपा(एमाले)का अधिकांश उम्मेदवारले आफ्नो दलीय भोटभन्दा बढी मत प्राप्त गर्न सफल भएका छन् ।

स्थानीय तहका जनप्रतिनिधिहरूको अतिरिक्त भोट नेकपा (एमाले) का उम्मेदवारलाई प्राप्त भएको छ । यसबाट स्थानीय तहलाई कमजोर बनाउने गठबन्धनको प्रयासप्रति सत्तापक्षका जनप्रतिनिधिको असन्तुष्टि प्रकट हुन खोजेको छ ।

गठबन्धनका अन्य उम्मेदवारको तुलनामा नेपाली काँग्रेसका उम्मेदवारले सबै प्रदेशमा कम भोट पाएका छन् । पाँच दलीय गठबन्धनको मोर्चाबन्दीका

बीचबाट प्रदेश १ मा नेकपा (एमाले)का एकजना उम्मेदवारले विजय हासिल गरेका छन् । एकजना बराबरी मत आएर गोलाबाट पराजित भएका छन् ।

यस निर्वाचन पछि पनि राष्ट्रिय सभामा नेकपा (एमाले) पहिलो दलको हैसियतमा कायम छ । अब हुने सबै निर्वाचन प्रत्यक्ष हुने भएकोले गठबन्धन कमजोर हुने र नेकपा (एमाले) थप सुदृढ हुने आधार समेत यस निर्वाचनले सङ्केत गरेको छ ।

परिणाम प्रतिकूल हुने निश्चित जस्तै रहेको अवस्थामा पनि उत्साहपूर्वक नेकपा (एमाले)का उम्मेदवारका पक्षमा मतदान गर्ने सबै जनप्रतिनिधिहरूलाई हार्दिक धन्यवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...