काठमाडौ –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ । हिजो ८ हजार ४५४ जनामा सं क्र मि त भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा १५ हजार ७३६ जनाको पीसीआर परीक्षण र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा थप ८ हजार १७ जनामा को’रो ना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर ४ हजार ४३३ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी ४ हजार ४३३ जना निको भएका हुन् ।
नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप १५ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ११ हजार ६८७ पुगेको छ ।
हाल देशभरमा ९० हजार ५७६ सक्रिय सं क्र मि त छन् ।
यो पनि : को भि ड को नयाँ भेरियन्ट ओमिक्रोन यसअघिका भेरियन्टभन्दा लामो समयसम्म छाला र प्लाष्टिकमा जीवित रहने एउटा अध्ययनले दाबी गरेको छ ।
जापानका अनुसन्धानकर्ताहरुले गरेको अध्ययनमा अल्फा, बिटा, डेल्टा र गामाजस्ता यसअघिका भेरियन्टभन्दा ओमिक्रोन बढी समय जीवितै रहने दाबी गरिएको हो ।
जापानस्थित क्वेटो प्रिफेक्चुर युनिभर्सिटी अफ मेडिसिनका अनुसन्धानकर्ताहरुले सार्स–कोभ–२ वुहान भाइरस र सबै भेरियन्ट अफ कन्सर्न (भीओसी) बीच भाइरल पर्यावरणीय स्थिरताको भिन्नताको विश्लेषण गरेका थिए ।
समिक्षा गर्न बाँकी रहेको सो अध्ययनले ओमिक्रोन छालमा २१ घन्टा र प्लाष्टिकको सतहमा आठ दिनसम्म बाँच्न सक्ने उल्लेख छ । सोही कारण अन्य भेरियन्टभन्दा ओमिक्रोन चाँडो फैलिन सक्ने अनुमान गरिएको छ ।
‘यी भीओसीको उच्च पर्यावरणीय स्थिरताले संसर्ग हुने र फैलाउने जोखिम बढाउन सक्छ,’ अध्ययनका लेखकहरूले भनेका छन् ।
भेरियन्ट अफ कन्सर्नमध्ये ओमिक्रोनको उच्च पर्यावरणीय स्थिरता रहेको यस अध्ययनले देखाएको वैज्ञानिकहरुले बताएका छन् ।
ओमिक्रोन प्लाष्टिकको सतहमा १९३ दशमलब ५ घन्टा र छालामा २१ दशमलब १ घन्टा रहन सक्ने अध्ययनले देखाएको छ । जबकी मौलिक सं क्र म ण र
अल्फा, बिटा, गामा, डेल्टा जस्ता अन्य भेरियन्ट क्रमशः ५६ घन्टा, १९१.३ घन्टा, १५६.६ घन्टा, ५९.३ र ११४ घन्टासम्म प्लाष्टिकमा जीवितै रहने अध्ययनको निस्कर्ष छ ।
यो पनि : सरकारले फ्रन्टलाइनर, ६० वर्षमाथि र दीर्घरो’गीलाई को रो ना वि रु द्ध को बुस्टर खोप दिने क्रम जारी छ । काठमाडौं उपत्यकामा को रो ना वि रु द्ध को भेरोसेल खोपको दुवै मात्रा लगाएको ६ महिना पुगेका मध्य केहीले बुस्टर डोज लगाए ।
तर, काठमाडौं उपत्यकामा भेरोसेल खोप अभावमा बुस्टर जोडको प्राथमिकतामा परेको समूहका धेरैले अभियान सुरु गरेको दुई दिनपछि लगाउन पाएका छैनन् ।
यसअघि सरकारले बुस्टर डोज लगाउने लक्षित समूहलाई पहिला दुवै मात्रा जुन खोप लगाइएको हो त्यही लगाउन निर्देशन दिइएको थियो ।
बुस्टर डोज दिनका लागि भेरोसेल खोप अभाव भइरहँदा खोप सल्लाहकार समितिले भने पछिल्लो समय सरकारलाई भेरोसेल दुवै मात्रा लगाउनेलाई
कोभिशिल्ड, फाईजर, मोडर्ना, लगाइदिन सुझाब दिएको परिवार कल्याण महाशाखा अन्र्तगतको खोप शाखाका एक अधिकारीले बताए ।
खोप सल्लाहकार समितिले यस्तो सुझाव दिएपनि सरकारले निर्णय गरिसकेको छैन भने छलफलकै क्रममा रहेको बताइएको छ।






















