गोकुल बास्कोटाको वडाका ५० एमाले कार्यकर्ता नेकपा (एस)मा प्रवेश

काठमाडौं – 

नेकपा (एमाले) काभ्रेका केही नेता तथा कार्यकर्ताहरु आज नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मिनभवन, आलोकनगरमा आयोजित एक कार्यक्रमकाबीच उनीहरु आज पार्टी प्रवेश गरेका हुन् ।

एकीकृत समाजवादीका अनुसार काभ्रेको मण्डन देउपुर वडा नम्बर – १ का एमाले वडासचिव सहित ५० जनाले एमाले परित्याग गरे हुन्।

जुन एमाले नेता गोकुल बास्कोटाकाे वडा पर्दछ । नवप्रवेशसीहरुलाई नेकपा (एकीकृत समासजवादी)का अध्यक्ष माधव कुमार नेपालले स्वागत गरेका थिए ।

अध्यक्ष नेपालले स्वागत कार्यक्रममा तीनै तहको निर्वाचन एकैपटक हुनुपर्ने बताएका थिए । मुलुकको खर्च बचाउनका लागि भएपनि तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्ने उनको भनाइ थियो ।

यो पनि : को रो ना स’ङ्क्र’मण भएकै बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा सहभागी भएको पाइएको छ । 

अध्यक्ष ओली पार्टी निकट युवा संघ नेपालले बुधबार भक्तपुरमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएका हुन् । अध्यक्ष ओलीको शनिबार गरेको परीक्षणमा आइतबार आएको रिपोर्ट कोरोना पोजेटिभ आएको थियो । 

युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले ओमिक्रोनका बि’रामीलाई रगत अभाव हुन नदिन बालकोटबाट सुरु गरिएको रक्तदान कार्यक्रममा हौसला प्रदान गर्न अध्यक्ष ओली दुरी कायम गरेर उपस्थित भएको बताए । 

‘ओमिक्रोनका बिरा’मीलाई रगत अभाव हुन नदिन हामीले बुधबार सप्ताहव्यापी रक्तदानको शुभारम्भ गरेका हौ । त्यही सन्दर्भमा अध्यक्षज्यूको पनि स्वास्थ्य

लाभको कामना गरेर कार्यक्रमको शुभारम्भ बालकोटबाट भएको हो’, प्रतिनिधि सभा सांसद समेत रहेका बस्नेतले भने, ‘हौसला दिनका लागि अध्यक्ष दुरी कायम गरेरै एक छिन कार्यक्रममा आउनुभएको हो ।’ 

अध्यक्ष बस्नेतले दुरी कायम गरेर कार्यक्रममा सहभागी भएको भने पनि सार्वजनिक तस्बिरमा भने त्यस्तो देखिँदैन । उनले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सुधार भइरहेको भन्दै सङ्क्रमण नेगेटिभतर्फ उन्मुख रहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...