काठमाडौं –
अख्तियार दुरु’पयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारका मन्त्रीहरुमाथि छानबिन अघि बढाएको छ ।
ठूला किमिसका नीतिगत भ्र’ष्टाचा’रमा मन्त्रीहरु संलग्न रहेको पाइएपछि छानबिन सुरु भएको अख्तियारले जनाएको छ । ओली सरकारका उद्योगमन्त्री लेखराज भट्टसँग आयोगले बयान नै लिइसकेको छ ।
तोकिएको भन्दा धेरै उत्खनन गर्ने नौ वटा चुनढुंगा उद्योगलाई एक अर्ब २६ करोड जरिवा’ना मिनाहा गरेपछि भट्टमाथि छानबि’न सुरु भएको अख्तियारले जनाएको छ ।
उद्योगीहरुसँग लाभ लिएर राज्यले उठाउनुपर्ने जरिवा’ना उन्मुक्ति दिइएको थियो । भट्टको निर्देशनमा भएको सवा अर्बको यो भ्र’ष्टाचार प्रक’रणको छानबि’न रोक्न अख्ति’यारमाथि द’बाब परिरहेको बताइन्छ ।
यस्तै ठूला भ्र’ष्टाचार प्रक’रणबाट जोगिन पनि भट्ट माओवादी छाडेर एमालेमा आबद्ध भएको स्रोत बताउँछ । उद्योगमा हुँदा उनले गरेका अन्य भ्र’ष्टाचारका विषयमा पनि अख्ति’यारमा उजु’री परेको छ ।
ओली सरकारमा मन्त्री रहेका भानुभक्त ढकाल, गोकुल बाँस्कोटा, पद्मा अर्याल, योगेश भट्टराईविरु’द्ध पनि अख्ति’यारमा उजुरी परेपछि छा’निबन भइरहेको छ ।
भानुभक्त ढकाल ओम्नी प्र’करणमा मु’छिएका थिए । बिना प्रतिस्पर्धा महगो मूल्यमा ओम्नी समूहलाई स्वास्थ्य सामान खरिद गर्दा भ्र’ष्टाचार भएको ससदीय छान’बिन समितिले ठहर गरी कारबा’ही गर्न अख्ति’यारलाई पत्राचार गरेको थियो ।
त्यस्तै पद्मा अर्यालमाथि पनि उजु’री परेको छ । गिरिबन्धु टि इस्टेटलाई जग्गा सट्टापट्टा गर्न स्वीकृत दिएको विषयमा आयोगमा उजुरी परेको छ ।
कानून नै संशोधन गरेर सहरको हदबन्दीभन्दा धेरै रहेको सहरको जग्गा बिक्री गरी गाउँमा खरिद गर्न स्वीकृत दिएर नीतिगत भ्रष्टाचा’र भएको थियो । जून पछि अदालतको आदेशपछि रोकिएको छ ।
कृषिमन्त्री हुँदा मल खरिदको भ्र’ष्टाचा’रमा पनि उनी मुछिएकी थिइन् । उनकै सेटिङमा कृषि सामाग्री कम्पनी लिमिटेडले कमसल मल खरिद गरेको थियो ।
जसमा अ’ख्तियार दुरुप’योग अनुसन्धान आयोगले गत महिना मात्र मु’द्दा दायर गरिसकेको छ । मन्त्रीको त्यसमा लिखित संलग्नता नदेखिएपछि मन्त्री अर्याल जोगिएकी थिइन् ।
तर, जोशी बिज हाउसलाई ठेक्का दिनेगरी काम गर्न उनले नै निर्देशन दिएकी थिइन् । सो मल खरिदमा एक अर्ब ५३ करोड घोटाला भएको थियो ।
ओली सरकारका पर्यटनमन्त्री योगेश भट्टराई पनि अहिले छानबि’नमा तानिएका छन् । नारायणहिटी संग्राहलयमा क्याफेका नाममा रेष्टुरेन्ट चलाउन दिने निर्णय उनकै कार्यकालमा भएको थियो ।
हाल पर्यटन मन्त्रालयले आन्तरिक छानबि’न गरी अनियमितता भएको निष्कर्ष सहित थप कारबा’ही गर्न अ’ख्तियार दुरुप’योग अनुसन्धान आयोगलाई पत्राचार गरिसकेको छ ।
त्यस्तै पशुपतिमा धर्मशाला होटल चलाउन दिने तथा लकडाउनको समयमा भएका चार्टर्ड फ्लाइटका नाममा उनको कार्यकालमा भएका अनियमितताको पनि हाल छानबि’न भइरहेका छन् ।
गोकुल बाँस्कोटाविरु’द्धको छानबिन भने पूरा भएपनि तामेलीमा राख्न लागिएको छ । सेक्युरिटी प्रेस खरिदसम्बन्धी ठेक्कामा कमिसनको मोलतोल गरेको भिडियोका आधारमा उनीमाथि आयोगले छा’नबिन गरेको थियो ।