सर्वोच्चले सरकारका नाममा जारी गर्यो यस्तो अन्तरिम आदेश, अब के गर्छन देउवा ?

काठमाडौं –

सर्वोच्च अदालतले संघीय सरकार र सातै प्रदेशका सरकारलाई सिटामोल औषधिको अभाव हुन नदिन र सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

टीका बहादुर कुँवरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबार सहित सात वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर

सर्वोच्च अदालतमा रि ट निवेदन दिएका थिए । बजारमा सिटामोल औषधिको अभाव भएको र संविधानले जनतालाई स्वास्थ्यलाई आधारभूत अधिकारका रुपमा स्वीकार गरेको

दाबीसहित उनले सामान्य औषधिको समेत अभाव हुँदा सरकार मूकदर्शक बन्नु संविधानकै उपहास हुने रिट निवेदकको जिकिर छ । उक्त रि ट निवेदनमाथि मंगलबार न्यायाधीश मनोजकुमार शर्माको

इजलासमा सुनुवाइ भएको हो । इजलासले सिटामोलको अभाव हुनुमा कारण देखाउन समेत विपक्षीहरूलाई आदेश दिएको छ । यसका साथै दुवै पक्षलाई अन्तरिम आदेश जारी गर्नु पर्ने या नपर्ने भन्नेबारे छलफलका लागि समेत बोलाएको छ । 

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गरेका छन् । यसका लागि सरकारले सहयोग गर्ने उनको प्रतिबद्धता छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगान नागरिकहरूलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले नेपालमै मल कारखाना स्थापना गर्न आह्वान गरेका हुन् ।

उनले उद्योगी, व्यवसायीहरूले मल कारखाना स्थापना गरेमा सरकार सहयोग गर्न तयार रहेको पनि प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री देउवाले अ’फगानि’स्ता’नमा

खाद्यान्न सं’क’टको बेला मानवीय सहयोग गर्नु सरकारको दायित्व भएको भन्दै अ’फ’गा’नी नागरिकहरूलाई सहयोग गरेकोमा सरकारको तर्फबाट धन्यवाद दिएका थिए ।

प्रधानमन्त्री देउवाले भने, ‘अ’फ’गा’निस्ता’नमा अत्यन्तै खाद्य सं’क’ट छ । त्यसमा यूएनए समेतले अफगानीहरू भोकै मर्न थाले मानवीय सहायता सहयोग चाहियो

भनेर सहयोग माग्दा नेपालका सबै उद्योगपतिले मानवीय सं’क’टमा खाद्यान्न पुर्‍याउने जस्तो कुरामा मद्दत गर्नुभयो, सबैलाई हार्दिक धन्यवाद ।

हामी प्राइभेट एयरलाइन्स मात्रै होइन, उद्योगधन्धा जुनसुकैका लागि पनि सहयोग गर्न चाहन्छौं । कतिपय सरकारलाई प्राथमिकताहरू हुन्छन् । जस्तो अहिले कुरा आएको छ, फर्टिलाइजर प्रायोरिटीको । कुरा भएन, पाइएकै छैन के गर्नु ? यहाँ त्यो उद्योग खोल्नुस् ।’

हाल को रो ना भा इ र स ले पनि देशलाई हैरान गरेको भन्दै उनले जसरी भए पनि ओमिक्रोन भा इ र स बाट मुक्त हुनुपर्ने बताएका थिए । यस्तो बेलामा स्वास्थ्यका मापदण्ड पालना गर्न र गराउन प्रोत्साहन गर्नुपर्ने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...