काठमाडौ –
अमेरिकामा बढ्दो महँगीबारे प्रश्न गर्ने पत्रकारमाथि अमेरिकी राष्ट्रपति जो बाइडेनले अपश’ब्द प्रयोग गरेका छन् । बाइडेनले मुख छाडेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
फक्स न्युजका पत्रकार पिटर डुसीले बाइडेनलाई देशमा बढ्दो महँगीका कारण मध्यावधि चुनावमा पार्टीलाई कति घाटा हुन्छ भनेर प्रश्न गरेका थिए ।
यसबारे जवाफ दिँदै बाइडेनले आफ्नो पार्टीलाई घटा नभएर फाइदा हुने बताएका थिए । त्यसपछि भने उनले पत्रकारलाई सन अफ भन्दै गा’ली गरेका थिए ।
बाइडेनले पहिले पनि कयौँ पत्रकारलाई गा’ली गरिसकेका छन् । गत हप्ता फक्स न्युजकी एक महिला पत्रकारले युक्रेन मामिलामा उनलाई तपाईं किन रुसका राष्ट्रपतिले पहिलो कदम उठाओस् भनेर पर्खिराख्नु भएको छ रुु भनेर सोधेकी थिइन् ।
यसमा क्रु’द्ध बनेका बाइडेनले उनलाई यो प्रश्न बेवकुफीले भरिएको बताएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेन सत्तामा आएको एक वर्ष पुरा भएको छ ।
यसबीचमा उनले लिएका कयौँ निर्णयमा प्रश्न उठेका छन् । गत महिना बेलायतको मार्केट रिसर्च कम्पनी यूगभले सन् २०२१ को सबैभन्दा मनपराइएका पुरुषको सूची सार्वजनिक गरिएको थियो ।
यस सूचीमा बाइडेन डोनाल्ड ट्रम्पभन्दा पनि तल रहेका थिए । सूचीमा ट्रम्प १३ औँ नम्बरमा रहँदा, बाइडेन २० औँ स्थानमा रहेका थिए ।