काठमाडौं-
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा राखिएको सम्पत्ति विवरणअनुसार ५६ तोला सुन, २ किलो चाँदी, ९५ लाखको कार र ठाउँ–ठाउँमा जग्गा रहेको उल्लेख गरिएको छ ।
हुम्लाको सिमकोट ६ मा ३७३ कित्ता नम्बर र ७२३.७५ क्षेत्रफल वर्ग किलोमिटर, काठमाडौं महानगरपालिका १६ मा १६३ कित्ता नम्बर र ३३०.७५ क्षेत्रफल,
श्रीमती वसन्ती शाहीको नाममा हुम्ला जिल्लाको सिमकोट ६ मा १८१ कित्ता नम्बर र ५४८.२५ क्षेत्रफलमा जग्गा, बाँके जिल्लाको खजुरामा २ बिघा (करिब १० लाख बराबरको) जग्गा रहेको उल्लेख गरिएको छ ।
यो सम्पती सबै पुर्ख्यौली तथा जागिर र व्यापार, व्यवसायबाट खरिद गरेको उल्लेख गरेका छन् । चौरी, जुमा, गाई, गोरु गरेर १२ वटा, घोडा दुई वटा र भेडाबाख्रा ५० वटा रहेको र सबै आफ्नै घरमा पालेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
यो पनि : महानगरीय अ प रा ध अनुसन्धान महाशाखा अन्तर्गत रहेर प्रहरी परिसर, ललितपुरमा कार्यरत प्रहरी निरीक्षक सानुकान्छा रम्तेल जिम्मेवारीबाट हटाइएका छन् ।
चोरीको घटनामा आ रो पी लाई मु द्दा नचलाई छाडेको अ भि यो ग मा छानबीनका लागि उनलाई जिम्मेवारीबाट हटाइएको महाशाखाका एसएसपी वसन्तबहादुर कुँवरले बताए ।
प्रहरीका अनुसार ललितपुरको गोदावरीमा सुजन बराइलीले सञ्चालन गरेको सुन पसलमा केही अघि चो री भएको थियो । घटनामा उनले आ रो पी लाई प क्रा उ गरेर
मु द्दा चलाउनुको सट्टा सुनवापतको रकम तिराएर छाडिएको भन्दै अ प रा ध महाशाखामा सूचना पुगेको थियो ।
‘उनी वि रु द्ध केही प्रश्न उठेपछि एक जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा छानबीन समिति बनाएर अनुसन्धान भइरहेको छ’ कुँवर भन्छन्,
‘समितिले दिएको प्रतिवेदनका आधारमा दोषी देखिए का र बा ही हुन्छ ।’ हाललाई रम्तेलको ठाउँमा महाशाखाको बानेश्वरस्थित कार्यालयमा कार्यरत निरीक्षक केशव बाह्रकोटीलाई ललितपुर पठाइएको छ ।