वडा अध्यक्ष र सचिबलाई क्रा न्ति का री ले दल्यो का लो मो सो

काठमाडौं –

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अनेरास्ववियु (क्रा’न्ति’का’री)का कार्यकर्ताले बित्थडचिर गाउँपालिका-८ का वडाध्यक्ष जयबहादुर मल्ल र वडासचिव

दत्तराम अवस्थीलाई मोसो दलेका छन् । वडाको योजनामा करोडौं भ्र’ष्टा’चा’र गरेको, कमिशन दिनेलाई मात्र उपभोक्ता समितिमा राखेको, मृ त क को नाममा

सामाजिक सुरक्षा भत्ता दु रु प यो ग गरेको लगायत आधा दर्जनभन्दा बढी आरोप लगाउँदै मोसो दलेको अनेरास्ववियु (क्रा न्ति का री)द्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

अनेरास्ववियु (क्रा न्ति का री) सधैं जनताको पक्षमा रहेको बताउँदै स्थानीयको रिपोर्ट र संगठनको अध्ययनको आधारमा जनहित विपरीत कार्य गरेको ठहर गर्दै का र बा ही गरिएको अनेरास्ववियु (क्रा न्ति का री)ले दाबी गरेको छ ।

यो पनि : सत्तारूढ दलहरू स्थानीय तह निर्वाचन सार्ने गरी ऐन संशोधनमा अग्रसर भइरहेका बेला सत्ताको नेतृत्व गरिरहेको कांग्रेसभित्र त्यसको वि’रोधमा संगठित धारणा बन्न थालेको छ ।

शेखर कोइराला समूहले सोमबार भर्चुअल बैठक गरी स्थानीय चुनाव कुनै पनि बहानामा वैशाखभन्दा पर सार्न नहुने र चुनावमा कांग्रेस एक्लैले प्रतिस्पर्धा गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

नेता कोइरालाले आवधिक निर्वाचनमाथि ब’न्देज गर्दा लोकतन्त्र कमजोर हुन्छ भन्ने साझा धारणा बनेको बताए । ‘सत्ता गठबन्धनभित्र विभिन्न बहानामा स्थानीय निर्वाचनलाई पर सार्ने कसरत भइरहेको छ ।

त्यसो गरियो भने संविधान नै धरापमा पर्ने ख’तरा रहेकाले हामीले पार्टी नेतृत्वलाई आफ्नो धारणा सुनाउने निर्णय गरेका छौं,’ उनले भने । कोइराला समूहको बैठकले महत्त्वपूर्ण मुद्दामा पार्टीभित्र औपचारिक छलफल हुनुपर्नेमा पनि जोड दिएको छ ।

कांग्रेसभित्र एक थरी नेताले स्थानीय निर्वाचन तत्काल (वैशाखमा) गर्दा सत्ता गठबन्धन भ’त्किने र त्यसले संसदीय निर्वाचनमा असर पुग्ने बताउने गरेका छन् । यस्तो मत राख्ने नेताहरू गठबन्धनलाई संसदीय निर्वाचनसम्मै कायम गर्नुपर्ने पक्षमा छन् ।

सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादीले संसदीय निर्वाचनपछि मात्र स्थानीय निर्वाचन गराउन चाहेका छन् । माओवादी केन्द्रका

अध्यक्ष पुष्पकमल दाहालले एक साताअघि संसद्को निर्वाचन वैशाखमा गर्नुपर्ने प्रस्ताव गठबन्धनको बैठकमा राखेका थिए । चौतर्फी आलोचनापछि उक्त प्रस्तावमाथि छलफल रोकिएको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि संसदीय निर्वाचनसम्म समीकरण हुनुपर्छ भन्नेमा छन् । कोइराला समूहको बैठकले भने वर्तमान सत्ता सञ्चालनका लागि मात्र सीमित गर्नुपर्ने निष्कर्ष निकालेको छ । ‘स्थानीय होस् वा संसदीय निर्वाचन,

कांग्रेस एक्लै चुनावमा जानुपर्छ भन्नेमा हामी अडिग छौं,’ कोइरालाले बैठकको निष्कर्ष सुनाउँदै भने, ‘विशिष्ट परिस्थितिमा बनेको गठबन्धनलाई सत्ता सञ्चालन र संविधान रक्षामा केन्द्रित गरिनुपर्छ ।’

बैठकमा कोइरालाका साथै महामन्त्री गगन थापा र नेताहरू अर्जुननरसिंह केसी, रामशरण महत, बलबहादुर केसी, चन्द्र भण्डारी, मीनेन्द्र रिजाललगायत थिए ।

पछिल्लो समय सभापति देउवाले निर्वाचनबारे उच्चस्तरीय राजनीतिक समन्वय समिति, सत्ता साझेदार दलका नेता र कानुन व्यवसायीसँग छलफल चलाउँदै आएका छन् ।

भर्चुअल बैठकमा नेताहरूले सभापति देउवा पार्टीको औपचारिक निकायमा छलफल गरेर साझा धारणा बनाउनुको साटो पेलेर अघि बढिरहेका बताएका थिए । उनीहरूले सत्तारूढ दलबीच बनेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको वैधतामाथि पनि प्रश्न उठाए ।

‘त्यो समिति कति वैधानिक छ भन्ने अलग्गै छलफलको विषय हो । त्यसको कार्यभार गठबन्धन सरकार सञ्चालनमा सहजीकरण गर्नेमात्र हो,’ नेता केसीले भने, ‘तर पार्टी पद्धतिलाई नै छायामा पार्ने गरी निर्वाचनजस्ता महत्त्वपूर्ण मु’द्दामा छलफल चलाएर विधिमाथि आ’क्र’म’ण गर्ने काम भइरहेको छ ।’

‘त्यो समिति कति वैधानिक छ भन्ने अलग्गै छलफलको विषय भए पनि त्यसको कार्यभार गठबन्धन सरकार सञ्चालनमा सहजीकरण गर्नेमात्र हो,’ नेता केसीले भने,

‘तर पार्टी पद्धतिलाई नै छायामा पार्ने गरी निर्वाचनजस्ता महत्त्वपूर्ण मुद्दामा छलफल चलाएर विधिमाथि आक्रमण गर्ने काम भइरहेको छ ।’ उनले उच्चस्तरीय समन्वय

समितिको सर्वोच्चता स्वीकार्न नसकिने र निर्वाचनलगायत महत्त्वपूर्ण मु’द्दामा निर्णय लिन केन्द्रीय समितिको बैठक बोलाइनुपर्ने माग बैठकले गरेको जानकारी दिए । उनका अनुसार पार्टी सञ्चालन पद्धतिबारे पनि बैठकमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...