भारतलाई हल्लाउने विश्वमा कुनै शक्ति छैन : प्रधानमन्त्री मोदी

काठमाडौं –

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको १००औं स्वतन्ता दिवसअघिसम्म सरकारले नयाँ भारत बनाउने लक्ष्य राखेको बताएका छन् ।

स्वर्गीय नेताजी सुभाष चन्द्र बोसको प्रतिमाको अनावरण गर्दै प्रधानमन्त्री मोदीले भने, ‘स्वतन्त्रत भारतको सपनाका लागि कहिल्यै विश्वास नगुमाउनू । भारतलाई हल्लाउने अहिलेसम्म विश्वमा कुनै शक्ति छैन ।’

सरकारले स्वतन्त्र भारतको सपना साकार पार्ने लक्ष्य पुरा गरेको उनले बताए । ‘भारतले १०० औं स्वतन्त्रता दिवस मनाउनुअघि हामीले नयाँ भारत बनाउने लक्ष्य राखेका छौ,’ मोदीले भने । सन् २०४७ मा भारतले १००औं स्वतन्त्रता दिवस मनाउनेछ ।

देशका लागि सेवा गर्ने क्रममा सहिद भएका सुरक्षाकर्मीप्रति श्रद्धान्जली व्यक्त गर्दै मोदीले भने, ‘देशका लागि आफ्नो अमूल्य जीवन समर्पण गर्ने सम्पूर्ण सुरक्षाकर्मीप्रति श्रद्धा व्यक्त गर्न चाहन्छु ।’

यो पनि : अमेरिकाले युक्रेनस्थित अमेरिकी दूतावासमा रहेका आफ्ना कर्मचारीका परिवारलाई त्यहाँ छोड्न निर्देशन दिएको छ । अमेरिका —युक्रेनबीच अमेरिकी विदेश मन्त्रालयले त्यस्तो निर्देशन दिएको हो ।

युक्रेनमा रहेका अन्य अमेरिकी नागरिकहरुलाई पनि देश छोड्ने बारे मनस्थिति बनाउनसमेत विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आग्रह गरिएको छ ।

रसियाले युक्रेनमाथि सैन्य कारबा’हीको तयारी गरेको अमेरिकाले दाबी गर्दै आएको छ । तर, रसियाले भने अमेरिकी दाबी अस्वीकार गर्दै आएको छ । एक सातादेखि रसियासँगको सीमामा एक लाख सुरक्षाकर्मी तैनाथ गरेको छ ।

रसियाले यसअघि पनि युक्रेनी भूभाग कब्जा गरेको थियो । सन् २०१४ मा युक्रेनको महत्वपूर्ण भाग क्रिमिया रसियमा बिलय भएको थियो । सो घटनापछि युक्रेनमा मस्को समर्थित राष्ट्रपति सत्ताच्युत भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...