काठमाडौं –
निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको झण्डामा रहेको गाईको तस्बिर हटाउन निर्देशन दिएको प्रति पूर्व अध्यक्ष कमल थापाले आप’त्ति जनाएका छन् ।
गत माघ २ गते नै आयोगले पत्र पठाएर संशोधित विधान र नियमावली ७ दिनभित्र पेस गर्न पार्टीलाई निर्देशन दिएको थियो । उक्त पत्रको बारेमा वर्तमान नेतृत्वले हालसम्म लु’काएकोमा पनि थापाले असन्तु’ष्टि व्यक्त गरेका छन् ।
नेपालको राष्ट्रिय जनवारको तस्बिर वा चिन्ह दललाई प्रदान नगर्ने भन्दै आयोगले राप्रपाको विधानको धारा ४(क) मा उल्लेखित झण्डाको मध्य भागमा गाई चिन्ह भएको भन्ने वाक्यांश हटाई सोही बमोजिम अनुसूचीमा समेत उल्लेख गर्न भनेको छ ।
त्यस्तै, विधानको प्रस्तावको बुँदा ४ मा उल्लेखित सनातन हिन्दुराष्ट्र एवम् राजसंस्थासहितको मान्यता अभिवृद्धि गर्न र कायम गर्न भन्ने वाक्यांश नेपालको संविधानको भावना तथा प्रस्तावनाविपरीत भएको भन्दै हटाउन आयोगले निर्देशन दिएको छ ।
यो पनि : राप्रपा अध्यक्ष लिङ्देनलाई थापाको प्रश्न : निर्वाचन आयोगको पत्र किन लुकाईयो ?
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले निर्वाचन आयोगको एउटा निर्देशनप्रति आपत्ति जनाएका छन् ।
आयोगले राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र शब्दावली तथा झन्डामा रहेको गाई हटाउन दिएको निर्देशनप्रति थापाले आपत्ति जनाएका हुन् ।
निर्देशन संविधान र प्रजातान्त्रिक मान्यताविपरीत भएको उनको भनाइ छ ।
शनिबार सामाजिक सञ्जालमार्फत पूर्व अध्यक्ष थापाले आयोगको निर्देशन अस्वीकार्य भएको पनि बताएका छन् ।
‘निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र शब्दावली तथा झन्डामा रहेको गाई हटाउन दिएको निर्देशन संविधान र प्रजातान्त्रिक मान्यताविपरीत छ । यो निर्णय अस्वीकार्य छ,’ उनले भनेका छन् ।
आयोगको उक्त निर्देशनसहितको पत्रप्रति नेतृत्वले कुनै प्रतिक्रिया व्यक्त नगर्नु र पत्र अहिलेसम्म लुकाएर राख्नु आश्चर्यजनक भएको उनले उल्लेख गरे । ‘विगतमा आयोगको यस्तै निर्णयलाई संघर्षबाट हामीले उल्टाएका थियौँ ।
२०७८ माघ २ गते आयोगले पठाएको पत्रबारे वर्तमान नेतृत्वले कुनै प्रतिक्रिया व्यक्त नगर्नु र सो पत्र अहिलेसम्म लुकाएर राख्नु आश्चर्यजनक छ,’ थापाले अगाडि भनेका छन्
हेर्नुहोस निर्वाचन आयोगल पठाएको पत्र :