यसकारण बन्द गर्यो सरकारले युएई र मलेसियाको भिजिट भिसा ! कहिले खुल्ला त् ?

काठमाडौं –

सरकारले खाडी राष्ट्रमा भिजिट भिसा भ्रमणमा जानका लागि रोक लगाएको छ। माघ १० गतेदेखि लागु हुने गरी अर्को आदेश जारी नहुन्जेल रोक लगाइएको हो।

शुक्रबार गृह मन्त्रालयले खाडी राष्ट्र र मलेसियामा गएर विचल्लीमा परेको समाचार आइरहेको भन्दै उक्त निर्णय गरेको जनाएको छ।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ- को’भि ड- १९ को ओ’मिक्रोन भेरि’यन्टको संक्र’मण स्वदेश तथा विदेशमा तीव्र रूपमा फैलिँदै गइरहेको हुँदा विभिन्न उद्देश्यले खाडी राष्ट्रहरू र मलेसियामा गई बिचल्लीमा पर्ने गरेका गुनासा,

समाचार र सूचनाहरू प्राप्त भएकोले मिति २०७८ माघ १० गदेखि लागु हुने गरी अर्को आदेश जारी नभएसम्मको लागि त्यस्ता राष्ट्रहरूको भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

यो पनि : मन्त्री निवास सजाउन २४ करोड

आम नागरिकले को भि ड वि रु द्ध को खोप पाएका छैनन् । उपचार नपाएर अकालमा मृ त्यु हुनेको सङ्ख्या पनि उल्लेख्य छ ।

सडक सिँचाइ लगायत विकासका पूर्वाधार निर्माणले तीव्रता पाउन सेकेको छैन । तर सकारले मन्त्री क्वार्टरको सजावटमा मात्र करिब २४ करोड रुपैयाँ खर्चिने तयारी गरेको छ ।

छँदाछँदैको मन्त्री क्वार्टरको सट्टा नयाँ निर्माण थाल्दा राजनीतिक नेतृत्वको चर्को आ लो च ना भएको थियो । आम नागरिकको आलोचनाबीच

सरकारले १ अर्ब ३ करोड रुपैयाँको लागतमा ललितपुरको भैँसेपाटीमा २७ वटा मन्त्री क्वार्टर निर्माण गरिरहेको छ ।

१ अर्ब रुपैयाँभन्दा बढी रकम खर्चिएर आवास बनाइरहेको विशेष भवन निर्माण परियोजनाले भवनको आन्तरिक सजावटमा मात्र करिब २४ करोड रुपैयाँ थप खर्च गर्ने भएको हो ।

आगामी दसैँसम्म नयाँ आवासमा मन्त्रीलाई सार्ने योजना बनाएको परियोजनाले आन्तरिक सजावटमा मोटो रकम खर्चन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...